महिला खबर
एजेन्सी । पाकिस्तानको लाहोरको एउटा पार्कमा तालिवान समूहले गरेको आत्मघाती हमलामा मृत्यु हुनेमा महिला र बालबालिकाको संख्या उच्च रहेको छ। हमलामा मृत्यु हुनेको संख्या ७० पुगेको छ र लगभग ३०० जना घाइते भएको बिबिसीले जनाएको छ । धेरैजसो घाइतेको अवस्था गम्भिर रहेको जनाइएको छ।
हमलाकारीले गुलशन इ इकवल पार्कको भित्र पस्ने गेटमा हमला गरेका थिए र जुन बालबालिको खेल्ने स्थान नजिक रहेको थियो। उक्त हमला आइतवार साँझपख गरिएको थियो। आक्रमणको जिम्मेवारी पाकिस्तानी तालिवानले लिएको छ ।
इस्टर मनाइरहेका क्रिस्चियनलाई लक्षित गरेको आक्रमण गरेको उक्त समूहले जनाएको बिबिसीमा उल्लेख छ । आक्रमणकारीले आफूहरू लाहोर पुगेको सन्देश पाकिस्तानी प्रधानमन्त्रीलाई दिन यो आक्रमण गरेको जनाएका छन् ।
लाहोर पन्जाबको सदरमुकाम हो र जसलाई पाकिस्ताका अरु ठाँउहरु मध्ये शान्त, आर्थिक क्षेत्रमा पनि अगाडि रहेको मानिन्छ। लाहोर, पाकिस्तानका प्रधानमन्त्री जवाज सरिफको राजनैतिक पकड रहेको क्षेत्र पनि हो।
Comment Here!