सहभागी धेरै, नतिजा थोरै : प्रवेशिका परिक्षा


प्रकाशित मिति :2016-03-28 14:56:08

करिश्मा चौधरी
काठमाडौं। यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) मा ६ लाख १५ हजार पाँच सय ५३ विद्यार्थी सहभागी हुने भएका छन्। जसमध्ये नियमित, ईक्ज्याम्टेड र प्राविधिक विषयका गरी जम्मा तीन लाख २५ हजार ८ सय ४४ जना छात्रा छन्। दुई लाख ८९ हजार ७ सय ९ जना छात्र।

गत वर्ष नियमित तर्फ २ लाख पाँच हजार सात सय २५ छात्रा र दुई लाख चार हजार सात सय १२ छात्रले प्रवेशिका परिक्षा दिए।
जसमा १ लाख ९ हजार ४३ छात्र र ८३ हजार दुई सय २४ छात्रा उतीर्ण भएका हुन्। जम्मा ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा छात्रा ४३ प्रतिशत र छात्र ५७ प्रतिशत थिए।

प्रवेशिका परीक्षामा सहभागी विद्यार्थीमध्ये छात्राको संख्या धेरै हुन्छ, तर नतिजा कम। परीक्षामा सहभागी छात्राको नतिजा घट्नुमा पढ्ने तथा पढाउने तरिका र हाम्रा सामाजिक तथा साँस्कृतिक चलन र मान्यता मुख्य रहेको शिक्षाविद् डा.विद्यानाथ कोईराला बताउनुहुन्छ।

‘छात्र र छात्राको पढ्ने तरिका र वातावरण फरक हुनु, समाजमा छोरीलाई पढाए पनि विवाह गरेर जाने जात हो भन्दै उनीहरूको पढाईलाई खासै महत्व नदिने जस्ता कारण मुख्य रुपमा यसमा दोषी छन्’, कोइराला भन्नुहुन्छ।

छात्रालाई घरमा धेरै समय काम गर्नुपर्ने हुनाले घरमा पढ्ने समय थोरै हुनु छात्रा विद्यार्थीले आफूले नबुझे पनि शिक्षकलाई भन्न र सोध्न नसक्ने जस्ता कारणले पनि छात्राको सँख्या धेरै भएपनि नतिजा राम्रो हुन नसकेको शिक्षाविद् कोईरालाको भनाई छ।

शिक्षाविद् कोईराला भन्नुहुन्छ, ‘लैंगिक समाजमा छोरीले गर्ने काम छुट्याईएको थियो, धेरै काम गर्नुपर्थ्यो, जसले गर्दा उनीहरूको नतिजा खस्किएको हो, अव समाज विस्तारै समावेसी हुँदैछ। समाज समावेसी र पढाउने शैली परिवर्तन भएमा छात्रा र छात्रको नतिजामा समानता आउन सक्छ।’

प्रवेशिका परीक्षा (एसएलसी) तालिका हेर्न यहाँ जानुहाेस

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: