अनौपचाकि न्यायमा बढ्दो विश्वास


प्रकाशित मिति :2016-03-28 15:34:45

खेमा बस्नेत

कैलाली। अनौपचारिक न्यायमा विश्वास बढ्न थालेपछि समाजमा हुने सानातिना विवाद लिएर प्रहरीसम्म जाने क्रम घटेकाे छ। समाजमा हुनेगरेका जटिल विवाद पनि  मेलमिलापकर्ता केन्द्रमार्फत  सामाधान गर्ने  क्रम बढेकाे  सामुदायिक मेलमिलापकर्ता समाज नेपालकी अध्यक्ष गौरी चौधरी वताउँछिन्। समाजमा हुुने गरेका घरेलु हिंसा, अंश मुद्दा, गालीगलौज, जग्गाको साँध विवाद, घरझगडा, छरछिमेकीविचको झगडा लिएर समाजका मानिसहरू मेलमिलापका लागि आउने गरेको उनी वताउँछिन्।

‘दुवै पक्षको कुरालाई सनेर, दुवै पक्षलाई जितको अनुभव गराएपछिमात्र विवादको सामधान हुन्छ ‘ उनले भनिन्। अहिले समाजका मान्छेले सानो झगडा समाजमै मिलाउनुपर्छ,प्रहरीसम्म किने जाने भनेर आफ्ना विवाद सहजकर्तामार्फत समाजमा नै मिलाउँने गरेको उनको भनाइ छ।एकले अर्कोलाई देख्नसम्म नचाहनेहरू मेलमिलापपछि सँगै बस्ने र खाने भएका उनले वताईन्।

मेलमिलापकर्ता पुष्पा भटट् भन्छिन् ‘घरायसी विवाद, सासुबुहारी, श्रीमानश्रीमतीका विवाद मिलाएका छौं, दुवैको चित्त बुझाएपछि पुरानै सम्बन्ध कायम गराउन हामी सफल भएका छौ।’ ‘पहिला विवाद भए प्रहरीमा जानुपर्छ भन्ने गर्दथे, तर अहिले मेलमिलापवाट विवाद सामधान हुँदा दुवै पक्षको जित हुने थाहा पाएपछि मेलमिलापबाटै विवाद समाधान गराउछन्, उनले भनिन्।

प्रहरी वा अदालत जाँदा न्याय नपाउने, पाए पनि ढिला पाउने, त्यहाँ एकको हार एकको जित हुने र र पैसा पनि खर्च हुने भएकाले मेलमिलाप मार्फत विवाद समाधान गर्न रुचाएको सहजकर्ताहरूको भनाई छ। सहजकर्ता मिना थापा भन्छिन् ‘सुरुमा त प्रहरी कहाँ पुगेपछिमात्र विवाद समाधान हुन्छ भन्ने सोच्नेहरू अहिले आफ्ना विवाद लिएर मेलमिलापका लागि हामीकहाँ आफैँ आउँछन्।’ पहिला दुवैपक्षको जित सम्भव छैन्, यीनीहरूले विवाद मिलाउन सक्दैनन् भन्नेहरूले अहिले आफूहरूलाई विश्वास गरेको उनी बताउँछिन्।

छिटो र पैसाको बचत समेत हुन थालेपछि सर्वसाधारणहरू मेलमिलापकर्ता वा अनौपचारिक न्यायमा विश्वास गर्न थालेको उनीहरू वताउँछन्। अनौपचारिक न्यायमा मेलमिलापकर्ताले दुवै पक्षमा भएको रिसरागलाई तोडेर अपनत्व महसुस गराउने काम गर्ने गर्दछन् र दुवै पक्ष खुसी हुने गरेको समाजिक मेलमिलापकर्ताको भनाइ छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: