चालिस सन्तानकी आमा


प्रकाशित मिति :2016-03-29 12:04:09

परिवार र आफन्तले नै घृणा गर्ने अटिजम भएका बालबालिकालाई सीप र शिक्षा दिएर उनिहरूको जीवनलाई स्वर्ग बनाएकी सविता उप्रेती देशभरका बालबालिकालाई समेट्ने योजनामा छिन् ।

करिश्मा चौधरी

 काठमाडौं। बढेकी छोरी विवाह गरी पठाउने हरेक आमाबाबाको सपना हुन्छ । विवाह गर्नका लागि सविताको आमा र परिवारले पनि धेरै कर गरे । तर सविताले मानिनन् । आमालाई सम्झाईन् । सविता उप्रेती जसले अटिजम भएका ४० जना बालबालिकालाई शिक्षा दिँदै हेरचाह गर्दै छिन्, उनीहरूको आमा बनेर ।

12884351_1677190155875406_527048952_n

दोलखाकी सविता उच्च शिक्षाका लागि वि सं २०५७ सालमा काठमाडौं आएकी हुन् । उनी पशुपति कलेजमा व्यवस्थापन संकायमा भर्ना भईन् । काठमाडौंमा मामाघरको दाईको घरमा बसेर पढ्दै गरेकी सविताले धेरै प्रयास गरेर एक वर्षपछि सरस्वती सेकेण्डरी स्कुलमा शिक्षिकाको जागिर पाईन् । त्यो बेला सविता १५ वर्षकी मात्र थिईन् । जागिर पाएपछि सविता, दाजुभाई र बहिनीसँगै कोठा लिएर बस्न थालिन् र सात वर्षसम्म त्यो विद्यालयमा पढाईन् ।

त्यसपछि उनले, समाज कल्याण परिषदको मातहतमा रहेको राष्ट्रिय अपाङ्ग कोषमा व्यवस्थापन अधिकृतमा नाम निकालिन् । कामकै सिलसिलामा फिल्डमा जाँदा पहिलो पटक अपाङ्गता भएका व्यक्तिलाई भेटिन् । एउटा गाउँबाट आएकी महिला भएकैले काठमाडौंमा बस्न सवितालाई धेरै संघर्ष गर्नुपरेको थियो । तर जव सविताले अपाङ्गता भएका व्यक्तिलाई भेटिन् तव उनलाई आफ्नो जीवन त स्वर्ग जस्तै लाग्यो । सविता सोच्थिन्, शारिरीक र मानसिक रुपमा सक्षम व्यक्तिको जिवन त यती संघर्षपुर्ण छ  भने उनीहरू त परिवार र समाजबाटै अपहेलित भएको अवस्था छ ।

यस्तो व्यक्तिलाई सहयोगको आवश्यकता छ भनेर सविताले अपाङ्गताको क्षेत्रमा काम गर्ने योजना बनाईन् । त्यो भन्दा पहिला सविताले महिला शसक्तिकरणको क्षेत्रमा काम गर्ने सोचेकी थिईन् । तर त्यो समयमा सविताको लागि आफ्नो पढाई र परिवारको अवस्था सुधार नै पहिलो विषय थियो । त्यसो त सानैबाट सविताले अरुलाई सहयोग गर्थिन् । आफूले जम्मा गरेको पैसा असहाय बच्चालाई दिन्थिन् । सहयोग गर्दा सवितालाई सन्तुष्टि हुन्थ्यो ।

सविताको स्वभाव सानैबाट सहयोगी थियो, त्यस्तैमा एक दिन उनले काठमाडौंको जडीबुटीमा फोहरको डँगुरमा फालिएको किताबको अक्षर चिन्ने प्रयास गरिरहेको बच्चा देखिन् त्यसपछि उनले यस्तै बच्चाको लागि विशेष स्कुल खोल्ने सोच बनाईन् । सविताले सोचिन् फोहरको थुप्रोलाई विद्यालय सम्झेको बच्चाले पढ्न पायो भने कति खुसी होलान् ।

त्यो समयमा सवितालाई पनि अटिजमको बारेमा जानकारी थिएन । भारतमा गएर त्यस सम्बन्धिको तीन महिने तालिम लिईन् । र अटिजम भएका बालबालिकाको बारेमा बुझिन् । त्यहाँबाट फर्किएपछि अर्को एकजना साथीसँग मिलेर बालुवाटारमा एउटा विद्यालय खोलिन् । तर त्यहाँबाट सोचेजस्तो उपलब्धि नभएपछि साथीको जिम्मा लगाइन् ।

आर्थिक अभाव भएपनि सविताले वि सं २०६७ सालमा विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र खोलिन् । जसले वि सं २०६८ सालबाट कानुनी रुपमै सञ्चालनको मान्यता पायो । सविताले विशेष स्कुल खोल्नका लागि विवाह गर्दा लाग्ने खर्च बराबरकाे रकम पिरवार सँग मागिन् । उनकाे कामका लागि पिरवारले पनि उनको कुरा मान्याे । र साथी तथा आफन्तले अाफ्नाे विवाहमा  दिने उपहारको सट्टामा अार्थीक सहयोग मागिन् । आफन्तले पाँच रुपैयाँदेखि ७० हजारसम्म सहयोग गरे । सबै रकम जम्मा गर्दा पाँच लाख रुपैयाँ भयो । त्यही रकमले सवितालाई विशेष स्कुल खोल्नका लागि सहयोग भयो ।

दुईजना बच्चाबाट सुरु गरिएको विशेष स्कुलमा अहिले ४० जना बालबालिका रहेका छन् । विशेष स्कुलमा पढेका कतिपय बालबालिका सामान्य भएर सामान्य विद्यालयमै पढिरहेका छन्, भने केहीले सिप सिकेर त्यहीँ काम पनि गरिरहेका छन् । अहिले यसको शाखा विराटनगरमा पनि खोलिएको छ । समयले साथ दिए सात प्रदेसमै विशेष स्कुलको सञ्जाल विस्तार गर्ने योजना सविताको छ ।

अटिजम भएका ब्यक्तिको आधिकारिक तथ्याङ्क नभएपनि तीन लाख बढि बालबालिका छन् भनिएको छ । भने अटिजम भएका ४० देखी ६० हजार बालबालिकालाई अहिले पनि घरमै थुनिएर राखिएको सविता बताउँछिन् ।

12380134_1677191692541919_822282139_n

विशेष स्कुल सञ्चालनका लागि आर्थिक रुपमा अहिले पनि समस्या छ । तर सविताले आर्थिकलाई कहिले प्राथमिकतामा राखिनन् । पैसा नहुँदा सेवा गर्न गाह्रो भएपनि सेवालाई महत्वपुर्ण विषयका रुपमा हेरेको बताउँछिन उनी । काम राम्रो गरेमा र कामप्रति विश्वास गरेमा मात्रै सहयोग आउने भएकाले आर्थिकलाई प्राथमिकतामा नराखिएको उनी बताउँछिन् । सहकारीबाट ऋण र साथीहरूको सहयोग लिएर विशेष स्कुल सञ्चालन गरेकी सविता सुरूमा राज्य र समाज कसैले विश्वास नगरेको पुरानो कुरा सम्झिन्छिन् । उनको विशेष स्कुलका लागि अहिलेसम्म नियमित दाता भने कोही छैनन् । देश विदेशमा रहेका नेपालीले स्वईच्छाले गरेको सहयोगले नै स्कुल सञ्चालन गरिरहेको सविताको भनाई छ ।

अहिले विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रले अक्षयकोष स्थापना गरेको छ । जसलाई पाँच करोडको पुर्याउने लक्ष्य लिईएको छ । जुन अहिले ६० लाख पुगेको छ । जसको ब्याजले तीन जना शिक्षकलाई तलव दिन पुग्छ । केन्द्रको आम्दानीको अर्को पाटो भनेको सीपमुलक तालिम हो । १६ वर्ष मााथिका अटिजम भएका छोरीलाई सीप सिकाएर आत्मनिर्भर बनाएर रोजगारी दिने, उनीहरूले उत्पादन गरेको सामग्री बेचेर हुने नाफाले बच्चाहरूका लागि खर्च गर्ने गर्दै अाएकाे छ ।

अहिले केन्द्रमा १६ जना पुर्ण र १० जना आशिंक गरि जम्मा २६ जना कर्मचारी छन् । संस्थाको मासिक खर्च तीनदेखी चार लाख रूपैयाँसम्म हुन्छ । सविता भन्छिन, ‘अरु बच्चालाई छ महिना हुने फर्निचर हाम्रो बच्चाले १५ दिन पनि टिकाउँदैनन्, खेलौना धेरै फुटाल्छन् ।’ ‘कुनै सामान त ल्याएकै दिन फुटालि दिन्छन्, त्यसैले पनि खर्छ धेरै हुन्छ ।’ उनि भन्छिन्

राम्रो काम गरे सबैले प्रशंसा गर्छन् । मुल्याङ्कन गर्छन् । सविताले गरेको कामको पनि प्रशंसा भैरहन्छ । सविता भन्छिन्, ‘आफूले गरेको कामको प्रशंसा हुँदा खुसी हुन्छु र खुसीसँगै जिम्मेवारी बढेको महसुस गर्छु ।’ ३ वर्षदेखि १३ वर्षसम्मका बालबालिकालाई केन्द्रले राख्छ । १६ वर्ष माथिका छोरीलाई सीपमुलक तालिम सिकाएर रोजगारी दिईरहेको छ ।

अभिभावकहरुले परामर्श लिएर ५० प्रतिशत बच्चालाई घरमै पनि परिवर्तन गर्न सक्ने हुनाले केन्द्रले अभिभावकलाई पनि प्रशिक्षण दिईरहेको छ । भने देशब्यापी रुपमा सचेतना कार्यक्रम गरिरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: