रमला सिंगक
सुनसरी । फिरौतीका लागि महिला अपहरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १३ अमरहाटका अरुण लिम्बू, सन्जु राई र धनकुटाको भेडेटारका रिता भनिने खिनकुमारी लिम्बु रहेका छन् ।
उनीहरूले मोरङको बेलबारी बस्ने एक महिलालाई तीन दिन अघि अपहरण गरी भेडेटार स्थित खिनकुमारीको होटल ग्रीन हेवनमा पुर्याएर बन्धक बनाएका थिए । अरुण, सन्जु र खीन कुमारीले यातना दिँदै राखेपछि अन्तमा ५० हजार रुपैयाँ फिरौती पाएपछि छाडेका थिए ।
इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाका अनुसार खिन कुमारीलाई बेलबारी प्रहरीले पक्राउ गरेको छ भने अरुण र सन्जुलाई धरानबाट पक्राउ गरिएको छ । पीडितको घर बेलबारी रहेकाले धरानमा पक्राउ परेकाहरूलाई मंगलबार बेलबारी पठाइएको खतिवडाले बताउनुभयो । उहाँका अनुसार उनीहरू तिनै जनालाई मानव अपहरण तथा शरीर बन्धक मुद्दा लगाउने तयारी भएको छ ।
Comment Here!