महिला खबर
काठमाडौं । ‘प्राकृतिक प्रकोपमा महिला स्वास्थ्य’ भन्ने नारासहित नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाजले चैत १९ र २० गते आफ्नो १४ औँ राष्ट्रिय अधिवेशन गर्ने भएको छ ।
नेपालमा गत वैशाखको भूकम्पले समग्र महिला र गर्भवती महिलामा पारेको असरका बारेमा छलफल हुने समाजका अध्यक्ष डा लता बज्राचार्यले जानकारी दिनुभयो । भूकम्प र नाकाबन्दीका कारण समग्र महिला र विशेष गरी गर्भवती महिला सबै भन्दा धेरै प्रभावित भएकाले उनीहरूको प्रजनन स्वास्थ्यमा परेको असर र समाधानका विषयमा यो अधिवेशन केन्द्रित रहने बज्राचार्यले बताउनुभयो ।
अधिवेशनमा देशभित्र र बाहिरका गरी करिबको ४ सय स्त्री तथा प्रसूति बिशेषज्ञको सहभागिता रहने छ । हाल नेपाल प्रसूति तथा स्त्रीरोग विशेषज्ञ समाजमा करिब ४ सय प्रसूति तथा स्त्रीरोग विशेषज्ञ आबद्ध छन् ।
Comment Here!