महिला खबर
पर्वत । एसएलसी परीक्षालाई मधेयेनजर गर्दै पर्वतका सबै परीक्षा केन्द्रमा सेनिटरी प्याडको व्यवस्था गरिएको छ । परीक्षाको समयमा महिनावारी हुने छात्रालाई लक्षित गर्दै जिल्लाका सबै परीक्षा केन्द्रमा सेनिटरी प्याडको व्यवस्था गरिएको हो । छात्रालाई महिनावारी भएको बेला वा परीक्षा हलभित्रै महिनावारी भएमा समस्या देखिने भएकाले जिल्लाका १९ वटै परीक्षा केन्द्रमा सेनिटरी प्याड र हात धुने साबुनको व्यवस्था गरिएको हो ।
प्लान नेपालको सहयोगमा इन्प्रेड नेपाल पर्वतले सबै परीक्षा केन्द्रमा पुग्ने गरी लगभग सय प्याकेट सेनिटरी प्याड उपलब्ध गराएको जनाएको छ ।
परीक्षा दिँदादिदै महिनावारी भएपनि परीक्षा नरोकियोस् र परीक्षा प्रभावित नहोस् भनेर सबै परीक्षा केन्द्रमा पुग्ने गरी सेनिटरी प्याड प्रदान गरिएको इन्प्रेड नेपालका कार्यक्रम व्यवस्थापक ऋषिराम पौडेलले जानकारी दिनुभयो ।
परीक्षा केन्द्र छात्रामैत्री बनाउन यस्ते अभियान सुरु गरिएको उहाँको भनाइ छ । जिल्ला शिक्षा कार्यालयले हरेक परीक्षा केन्द्रलाई छात्रा र अपाङ्गमैत्री बनाइएको पनि जनाएको छ । कार्यालयका अनुसार महिनावारी भएका छात्राले ढुक्कसाथ परीक्षा दिने वातावरण मिलाउन साबुनपानीसहितको पक्की शौचालय, उमेरअनुसारका फर्निचरको व्यवस्था मिलाइएको छ ।
Comment Here!