महिला खबर
महोत्तरी । यसपालिको प्रवेशिका (एसएलसी) परीक्षाका लागि महोत्तरीमा तीनजना महिला केन्द्राध्यक्ष तोकिएकाे छ । जिल्ला शिक्षा कार्यालय महोत्तरीका अनुसार जिल्लाको देउराली मावि बर्दिवास, उमावि खखना लोटना र रतौली उमाविमा गरी तीन परीक्षा केन्द्रमा यसपालि पहिलोपटक महिला केन्द्राध्यक्ष नियुक्त गरिएको हो।
जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालका अनुसार देउराली मावि बर्दिवासमा रमा ढकाल, उमावि खखना लोटनामा शान्तिकुमारी अधिकारी र रतौली उमाविमा कविताकुमारी महतोलाई केन्द्राध्यक्ष नियुक्त गरिएको हो।
जिल्ला शिक्षा कार्यालय महोत्तरीले जिल्लाका २८ परीक्षा केन्द्रका लागि तीन महिलासहित २८ जना केन्द्राध्यक्ष, ५३ जना सहायक केन्द्राध्यक्ष, ५०५ जना निरीक्षक र हरेक ५० विद्यार्थीका लागि एक परिचर तोकेको हो।
यसैवीच बाँकेमा यस वर्ष छात्रा ५ हजार ५० र छात्र ४ हजार ५ सय ४५ गरेर ९ हजार ५ सय ९५ जना बिद्यार्थी एसलसीमा सहभागी हुँदैछन् । जसमा नियमिततर्फ ७ हजार २ सय १७ र एक्जाम्टेडतर्फ २३ सय ६८ जना छन्। सामुदायिक विद्यालय ७९ र संस्थागत विद्यालय ६८ गरेर १ सय ४७ वटा विद्यालयका विद्यार्थी एसएलसी परिक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ।
बाँकेमा ३१ वटा परिक्षा केन्› तोकिएको छ। बाँकेमा यसवर्ष १ सय २१ परिक्षार्थी परिक्षा दिनबाट बञ्चित हुने भएका छन्। राजश्व नबुझाएका, बिद्यालयमा उपस्थित दर निकै कम भएकाले उनीहरूले परिक्षा दिन नपाएका हुन्।
बाँकेमा एसएलसी परिक्षाको सम्पूर्ण तयारी पूरा भएको प्रश्नपत्र तथा उत्तर पुस्तिका सबै केन्›मा पुगिसकेको सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले जानकारी दिनुभयो। भोली विहीबार बाट प्रवेशिका (एसएलसी) परिक्षा शुरु हुँदैछ।
Comment Here!