सुमित्रा के सी
रुकुम। पुर्वी रुकुमका महिलाले नयाँ संविधानमा व्यवस्था गरिए अनुसारका महिलाका अधिकार कार्यान्वयमा ल्याउन माग गरेका छन्।
नेकपा एमाले निकट भगिनी संगठन अखिल नेपाल महिला संघको क्षेत्रीय भेलाका सहभागीहरूले अधिकार लिखित रुपमा मात्रै नभएर व्यवहारमै लागु गर्न माग गरेका हुन्।
आमाको नामबाट नागरिकता पाउने व्यवस्था, राज्यका हरेक निकायमा प्रमुख वा उपप्रमुख महिला हुनुपर्ने, स्थानीय निकायमा ३३ प्रतिशत महिला सहभागितालगायतका नयाँ संविधान मार्फत प्राप्त भएका उपलव्धीहरूलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न उनीहरूले माग गरेका हुन्।
उक्त क्षेत्रीय भेलाले बालिका ओलीको संयोजकत्वमा प्रथम क्षेत्रीय सम्मेलन आयोजक कमिटि गठन गरेको छ। भेलामा महिला अधिकारको पक्षमा वकालत गर्न सक्रिय रहेेको भन्दै पाँच जना महिलालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ। सम्मानित हुने हरुमा रुकुमकोट ५ की वेदकुमारी शर्मा, बाँफीकोट ४ की पवित्रा दाहाल, चौरजहारी नगरपालिका २ की हिरा शर्मा, मोरावांग ३ की लाख सुनार र रुकुमकोट ५ की भगवती गौतम हुनहुन्छ।
Comment Here!