महिला खबर
दार्चुला। १३ वर्षीया एक बालिकालाई वलात्कार गरेको आरोपमा प्रहरीले मंगलवार लाली गाविसका ४० वर्षीय डम्मरसिंह थापालाई गिरफ्तार गरेको छ।
पीडित बालिकाका आफन्तले १४ गते दिएको किटानी जाहेरीका आधारमा थापालाई बैतडीको झुलाघाटबाट प्रक्राउ गरिएको दार्चुलाका प्रहरी प्रमुख डिएसपी सुशिलसिंह राठौरले जानकारी दिनुभयो।
थापाविरुद्ध जबर्जस्ती करणी अन्तरगत मुद्दा दर्ता भएको जिल्ला अदालतका डिठ्ठा लक्ष्मीदत्त पन्तले बताउनुभयो। पीडित बालिकाको चैत्र १४ गते जिल्ला अस्पताल दार्चुलामा स्वास्थ्य परिक्षण गरिएको छ।
Comment Here!