करिश्मा चौधरी
काठमाडौं । आजदेखी देशभरी प्रवेशिका परीक्षा (एसएलसी) सुरु भएको छ । विहान ८ बजेदेखी सुरु हुने परीक्षा ११ बजेसम्म हुने छ । आज सुरु भएको एसएलसी परीक्षा प्राविधिकतर्फको समेत गरेर चैत २९ गते सोमबारसम्म चल्ने छ ।
नियमित, ईक्ज्यामटेड र प्राविधिक तर्फका गरी यस वर्षको एसएलसी परीक्षामा ६ लाख १५ हजार पाँच सय ५३ विद्यार्थी सहभागी छन् ।
जसमध्ये तीन लाख २५ हजार ८ सय ४४ जना छात्रा र दुई लाख ८९ हजार ७ सय ९ जना छात्र छन् । यस वर्षको एसएलसी परीक्षामा करिव ३६ हजार छात्राको सँख्या बढी छ । एसएलसी परीक्षाकालागि देशभरी एक हजार नौ सय ४३ परीक्षाकेन्द्र तोकिएको छ ।
Comment Here!