साहित्यिक क्षेत्रमा महिला अग्रसरता जरुरीः मन्त्री मानवी


प्रकाशित मिति :2016-03-31 10:48:11

महिला खबर

काठमाडौँ।  पशुपंक्षी विकासमन्त्री शान्ता मानवीले मुलुकको नेतृत्वदायी स्थानमा महिलालाई पुर्याउन साहित्यमार्फत दबाब सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।

yashodha mam

प्रगतिशील महिला लेखक सङ्घको प्रथम वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री मानवीले साहित्यिक क्षेत्रमा पनि महिलाको सङ्ख्यात्मक वृद्धि हुनुपर्ने बताउनुभयो । उहाँले आगामी तीन वर्षभित्र नेपाललाई मासुजन्य खाद्यवस्तु, अन्डा र दुधमा आत्मनिर्भर बनाउने प्रतिबद्धता मन्त्रालयले गरिसकेको जनाउदै त्यस अभियानमा सघाउन लेखकहरूलाई आग्रह गर्नुभयो । नेकपा ९एमाले०का सांसद तथा साहित्यकार गौरा प्रसाईंले आफूले राजनीतिमा लाग्दाको तत्कालीन अवस्था र राज्यले हेर्ने दृष्टिकोणबारे चर्चा गर्दै महिला स्वयम् जुझारु नभएसम्म आफ्ना अधिकार प्राप्त गर्न नसक्ने बताउनुभयो । सङ्घका अध्यक्ष यशोदा अधिकारीले महिलाले लेखनमार्फत कुनै समस्याको उजागर गर्नेमात्र नभई समाधानका उपाय पनि देखाउन सक्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ नर्मदेश्वरी सत्याल, साहित्यकार बाबा बस्नेत, र डा फणिन्द्र निरौलाले लेखनका क्षेत्रमा महिलाहरु अग्रसर गराउन सङ्घले सफलता प्राप्त गरोस् भनी शुभकामना दिनुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: