बलात्कारीलाई राजनीतिक संरक्षणः न्याय माग्दै बालिका


प्रकाशित मिति :2016-03-31 11:51:06

रमला सिंगक
downloadसुनसरी । स्थानीय सामुदायिक स्कुलमा कक्षा पाँच अध्ययरत १२ वर्षीया दलित समुदायकी बालिका बलात्कारकाे घट्नालाई सामान्य बनाउन आरोपित पक्ष लागेका छन् । बलात्कार अाराेपमा किटानी जाहेरी परेकाे महिना दिनसम्म पनि  अाराेपी धरान २७ पटनालीका २६ वर्षीय सुजन माझी लाई प्रहरीले पक्रन सकेकाे छैन ।  उनी लुकी लुकी आफ्नो बचाउ गर्न बिभिन्न राजनीतिक दललाई  गुहारीरहेका छन् ।

घटनापछि पीडित बालिका घरमा बस्न डराउन थालेकी छिन् । आर्थिक अवस्था कमजोर भएकाले उनको घरको ढोका बलियो छैन ।  खुल्ला ढोका भएकाले फेरि पनि  आउने डरले उनी घरमा बस्न नमानेको बालिकाकी आमाले बताईन् ।

गत फागुन १२ गते आफू माइत गएका बेला मध्यराती  घरमा एक्लै सुतिरहेको मौका पारी धारिलो हतियार देखाएर माझीले  ती बालिकालाई बलात्कार गरेको उनकी आमाले बताएकी छन् । सुजनले बालिकालाई हल्ला गरेमा मारिदिने धम्की दिएर मुखमा रुमाल कोची दिएर बलात्कार गरेको प्रहरीमा दिएको उजुरीमा उल्लेख गरेकी छिन् ।

त्यसरात घरमा बिरामी हजुरआमा मात्रै रहेको  र बालिकाकी आमा उदयपुरस्थित माईती घर गएकी थिईन्  बिहान भएपछि उनले साथीलाई रुँदै आफूमाथि सुजनले बलात्कार गरेको बताईन् ।  साथीले गाउँका महिलालाई जानकारी दिएपछि महिला समूह र पीडित परिवारले तत्कालै ईलाका प्रहरी कार्यालय धरानमा उजुरी दिए  ।

घटना भएकै दिन उजुरी दिन धरान आएपनि प्रहरीले उनीहरूको उजुरी लिन मानेन ।  उजुरी दर्ता गर्न महिला संजालले प्रहरीलाई दवाव दिएपछि घट्नाको ४ दिन पछिमात्र उजुरी दर्ता भएको महिला सञ्जाल धरानकी अध्यक्ष शिला बज्राचार्यले बताइन् ।

उजुरी दर्तापछि बालिकाको घरमा मिल्नलाई दबाब दिन पुगेका स्थानिय नेताहरूलाई महिला संजालको दवावमा प्रहरीले पक्राउ गरेको थियो । घटनालाई गाउँमै मिलाउन दबाब दिँदै पीडिकलाई बचाउन खोज्ने स्थानिय एक निजी विद्यालयका निर्देशक तथा नागरिक वडा मञ्चका सदस्य शिव गुरुङ, एमाओवादीका किरण थापा, स्थानिय स्वंयसेवी भिममाया श्रेष्ठ, महिला नेता शेषकला घिमिरे र पीडककी हजुरआमालाई प्रहरीले पक्राउ गरेको थियो । तर, जिल्ला तथा नगरका  राजनीतिक दलका नेताको  दबाबमा ती ५ जनालाइ छाडिएको छ ।

मिल्नु पर्छ भन्दै दबाब दिने राजनीतिक पार्टीमा आवद्ध भएकाले छुटाउन पार्टीको ठुलो पंक्तिनै प्रहरी कार्यालयमा पुगेको सञ्जालकी अध्यक्ष बज्राचार्यले बताईन् । उनले भनिन्, ‘दवाव दिएपछि मात्र उजुरी दर्ता भएको छ, तर दोषीलाई अझै पक्राउ नगरिएकाले  थप दवाव दिइरहेको छौं, बलात्कार घट्नामा पनि दोषीलाई पक्राउ गर भनेर समेत दवाव दिनुपर्ने जमाना आयो, हामीले न्याय कहिले पाउने हो ?’

पीडित परिवारका अनुसार उनीहरूले अझैपनि गाउँमै मिल्नलाई दबाब दिईरहेका छन् । कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा सोह्र वर्ष भन्दा कम उमेरकी बालिकालाई निजको मञ्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्ने भएपनि घट्नालाई सामान्यीकरण गर्न स्थानीय राजनीतिक दल र आफूलाई महिला अधिकारकर्मी भन्नेहरू नै लागिपरेको बज्राचार्यको भनाइ छ ।

दोषीलाई कडा कारवाही गर्न माग गर्दै पीडितका आफन्त इलाका प्रहरी कार्यालयमा दुईसातासम्म धाएका थिए, तर अझैसम्म पक्राउ नपरेकाले  न्याय पाउने आशा नै मारेको बताएका छन् ।

बलात्कारी पक्राउ गर्न प्रहरीले चासो नदिनु र स्थानिय राजनीतिक दलका प्रतिनिधीले धम्कीसहित अझैसम्म मिल्न दबाब दिईरहँदा दोषी यत्तिकै उम्किने हो कि भन्ने आशंका  पीडित पक्षले गरेका छन् ।

उनीहरूले फरार माझी लुकेर बसेको स्थान समेत प्रहरीलाई जानकारी हुँदा समेत प्रहरीले पक्राउ नगरेको गुनासो गरेका छन् ।

माझीले ६ वर्ष अघि पनि अर्की एक स्थानिय बालिकालाई बलात्कार गरेका थिए । सोही समय पनि गाउँलेले मिलाएका थिए । राजनीतिक दलले बलात्कार घट्नाको ढाकछोप गर्न दवाव दिएकै कारण प्रहरीले दोषीलाई पक्राउ गर्न चासो नदिएको बालिकाकी बडीआमाले बताइन् । उनले भनिन्, ‘राजनीतिक दलसँग प्रहरी प्रशासन पनि डराउने रहेछ ।’

धरानमा भर्खरैमात्र सरुवा भएर आएका प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले  प्रहरीले माझीविरुद्ध जबरजस्ती करणी अन्र्तगत मुद्दा दर्ता गरिसकेको जनाए । वैशाख २ गते कानुन अनुसारको हदम्याद सकिने भएकाले अदालतमा बुझाईने उनले बताए । उनले भने, दोषीको पहिचान खुलिसकेकाले चाँडो भन्दा चाँडो पक्राउ गर्न खोजी भइहरेको छ ।  उनले हदम्याद नाघेपछि अदालतबाट फरार प्रतिवादीको वारेन्ट जारी हुने दोषीलाई फरार प्रतिवादी बनाई १० वर्षपछि फर्केर आए पनि कारवाही हुने उनको दाबी छ ।

बलात्कारीलाई यस्तो सजाय मुलुकी ऐनमा नेपालको मुलुकी ऐन अनुसार दश वर्ष भन्दा मुनिका बालिकालाई जबरजस्ती करणी गरेको ठहर भए दशदेखि पन्ध्र वर्षसम्म कैद हुन्छ । त्यसैगरि दश वर्ष भन्दामाथि १६ वर्ष मुनिकालाई भए सातदेखि दश वर्षसम्म कैद र १६ वर्ष वा सो भन्दा माथिको महिला बलात्कृत भए बलात्कारीलाई पाँचदेखि सात वर्षसम्म कैद हुने प्रावधान छ । जबरजस्ती करणी गर्नेबाट पीडित महिलाले पीडकबाट आधा अंश पाउँछिन् ।

मुलुकी ऐन संशोधन २०६४ को धारा १४ को उपधारा ४ मा जबरजस्ती करणी भएको कुरा जानी थाहा पाई जाने समाउने र सो काममा मद्दत दिनेलाई जनही ३ वर्षसम्म कैदको प्रावधान छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: