महिलालाई गर्ने पक्षपात व्यवहार चिर्नुपर्ने


प्रकाशित मिति :2016-03-31 12:40:29

महिला खबर

कैलाली । महिला तथा बालबालिका कार्यालय कैलालीकी प्रमुख हरिप्रिया बमले महिलालाई गर्ने पक्षपात व्यवहारलाई चिर्नुपर्ने वताउनुभएको छ  ।

अन्तरपार्टी महिला सञ्जाल कैलालीले आयोजना गरेको  कार्यक्रममा बलमे भन्नुभयो ‘समाजमा महिलालाई गर्ने पक्षपात व्यवहार चिर्नु सक्नुपर्छ,त्यसको लागि गाविसस्तरवाट नै महिलामैत्री कार्यक्रम हुन आवश्यक छ ।’ अन्तरपार्टी महिला सञ्जालले गाउँस्तरका महिलाका मुद्दा र उनीहरूको मागका बारेमा आवाज उठाउन अझ आवश्यक रहेको उहाँको भनाइ छ ।’

उहाँले समाजमा सवै वर्ग,जात,समुदायका  महिला समाजमा संर्घष गरिरहेकाले सबैको साथ लिएर अघि बढेमा महिलाले उठाएको आवाजको सुनुवाई हुने वताउनुभयो ।

 अन्तरपार्टी महिला सञ्जाल कैलालीकी अध्यक्ष निरु रिजालले गाविसस्तरका महिलाले  अहिले आफ्ना लागि आएको बजेट बारे बुझ्न र लिन जाने गरेको वताउनुभयो ।

कुनै समय महिलाका लागि कति बजेट आउँछ भन्ने कुरा थाहा नपाएका महिला अहिले बजेट कसरी बाँडफाँट हुँदैछ भनेर खबरदारी र निगरानी गर्न सक्षम भएका उहाँको भनाई थियो ।

धनगढी उपमहानगरपालिका कार्यालय सामुदायिक विकास समितिका शाखा अधिकृत टंक विष्टले गाविसस्रतवाट महिलाले आवाज उठाएमा महिलाका लागि छुट्टै योजना बन्ने वताउनुभयो । सामाजिक,आर्थिक तथा राजनैतिक क्षेत्रमा महिलाको पहुँच पुर्‍याउन अन्तरपार्टी महिला सञ्जालको भुमिका महत्वपुर्ण हुने उहाँको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: