टेम्पु चलाएरै काठमाडौंमा घर बनाउँछुः विष्णुमाया तामाङ


प्रकाशित मिति :2016-03-31 14:43:41

मेहेनत गरेर कमाएको पैसाले संसार मै पाउन नसकेको सन्तुष्टि उनलाई दिएको छ  । आफूले कमाएको पैसा खर्च गर्न जति सन्तुष्टि उनले श्रीमानले कमाएको पैसाले पाउँदिनन् । यसैले त उनलाई भालेको पहिलो डाँकोले ब्युझाउँछ ।

नन्दा थापा
IMG_20160309_140417
काठमाडौं । काभ्रेपलान्चोककी विष्णुमाया तामाङ्गले  काठमाडौंमा ट्याम्पो चलाउन थालेको जम्मा ४ वर्ष  भयो ।  यो अवधीमा उनले टेम्पु चलाएरै ३ लाख रुपैयाँ बचत गरिसकेकी छन् । ‘सम्पुर्ण घर खर्च चलाएर बचेको पैसा हो यो’ उनले भनिन् । यो पैसाले काठमाडौंमै घर बनाउने सपना उनले देखेकी छन्  ।

ललितपुरको सातदोबाटो बस्ने तामाङ्गका  श्रीमान, २ छोरा, एक बुहारी र एक नातिनी छन् ।  उनका श्रीमान पनि गाडी चलाउँछन् । नेपालको उच्च न्यायालय सर्वोच्च अदालतको सरकारी गाडी श्रीमानले चलाउँदै आएका छन् । दुबै जनाको कमाइले सामान्य खान लगाउन उनीहरूको परिवारलाई अहिले कुनै चिन्ता छैन,  चिन्ता छ त एकमात्र,त्यो हो  काठमाडौं मै घर बनाउने ।

काठमाडौं आउने बित्तिकै उनले आफ्नै दाइसँग टेम्पो चलाउन सिकिन् । यसैलाई पेसा बनाइन् । आफ्नो काममा उनी सन्तुष्ट छन् । अरुले जेसुकै भनुन उनलाई मतलव छैन । उनी भन्छिन् ‘ मैले बाध्यताले होइन रहरले टेम्पु चलाएकी हुँ ।’ यो टेम्पु उनको आफ्नै चाहिँ होइन ।  उनले टेम्पु चलाएवापत मालिकबाट १२ हजार रुपैयाँ मासिक तलव पाउँछिन् ।

यही पेशाबाट उनले काठमाडौं मै २ वटा घडेरी जोडिसकेकी छन् । उनी भन्छिन् ‘अरुको भन्दा धेरै ज्याला पाएर होईन ।’ थोपा थोपा मिलेर नदी बनेझैं उनले ट्याम्पो चलाएर पाएको ज्यालाबाट  आधा जति बैंकमा जम्मा गरिन् । आफूले मात्रै होइन श्रीमानलाई पनि त्यसै गर्न भनिन्  । तरपनि श्रीमानको  भन्दा बिष्याुमाया कै खातामा पैसा धेरै छ । उनी भन्छिन्, ‘पुरुषले भन्दा महिलाले पैसा धेरै बचाउन सक्छन् ।’

मेहेनत गरेर कमाएको पैसाले उनलाई संसार मै पाउन नसकेको सन्तुष्टि दिएको छ  । आफ्ूले कमाएको पैसा खर्च गर्न जति सन्तिुष्टि उनले श्रीमानले कमाएको पैसाले पाउँदिनन् । यसैले त उनलाई बिहान भालेको पहिलो डाँकोले ब्युझाउँछ ।  सबै घरधन्दा सकेर काममा जानुपर्छ उनी ।  उनी दैनिक विहानको खाना पकाएर परिवारलाई खुवाउँछिन् र काममा निस्कन्छिन् ।   उनी भन्छिन्, “बुहारीलाई फुर्सद हुँदैन, नातिनीको स्याहार गर भन्छु । के छोरा, के छोरी, के बुहारी मलाई सबै एकै लाग्छ । छोरी नभएर हो कि मलाई बुहारीको माया धेरै लाग्छ । म हुँदा बुहारीलाई धेरै काम गर्न लगाउँदिन । म नभए त सक्ने जति काम गरेकै हुन्छ ।”

‘महिला हुन् या पुरुष जो भएपनि उनलाई आर्थिक, सामाजिक त्यो भन्दा बढी घरपरिवारको सहयोगको आवश्यकता पर्छ’, उनी भन्छिन् ।  उनी ४० वर्षकी भईन् ।  १५ वर्ष कै उमेरमा  विहे भयो ।   गाउँमा हुँदा  विष्णुमायाले खेतीकिसानी नै गर्थिन् । तर यत्तिमै सिमित भएर उनलाई बस्न मन लागेन । अनि कुखुरा पाल्न थालिन् । यसमा पनि सोचे जस्तो भएन । अनि काठमाडौं आइन् र टेम्पो चलाउन सिकिन् । किन हो कुन्नि उनलाई यो पेसाले जनि  सन्तुिष्ट  केहीले दिन सकेको छैन । त्यसैले आफ्नो पेशाप्रति उनलाई कुनै गुनासो छैन । उनी भन्छिन् – ‘छरछिमेकले मलाई यस्तो काम गर्छे भनेर मेरो अगाडी त केही भनेको छैन, पछाडी जे भनुन् म त्यस्ता कुरामा चासै राख्दिन ।’

‘ठुलो बस र माईक्रो  बस पनि  हाँक्न सक्छु, उनले भनिन्, तर  ट्याम्पो चलाउनेमात्र  अनुमति  भएर ट्याम्पो चलाउदै आएकी हुँ ।’ अरु सवारी साधनको लाईसेन्स लिने योजनामा छन् विष्णुमाया ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: