महिला खबर
झापा । एसएलसी परीक्षाका लागि झापाका पाँचवटा परीक्षा केन्द्रमा महिला केन्द्राध्यक्ष खटेका छन् । गत वर्ष झापामा दुईवटा परीक्षा केन्द्रमा महिला केन्द्राध्यक्ष थिए ।
जिल्ला शिक्षा कार्यालय झापाका अनुसार कनकाई उच्च माविको केन्द्राध्यक्षमा आशा शर्मा, पृथ्वी निमावि दमकमा नैनाकला थेबे, जनजागृति उच्च मावि गोलधापमा इन्दिरा चुँडाल, भृकुटी उमावि घैलाडुब्बामा अञ्जना सिटौला र देवी उच्च मावि विर्तामोडमा अम्बिका श्रेष्ठ रहेका छन् ।
झापामा १६ हजार ९७९ परीक्षार्थीले ५२ वटा परीक्षा केन्द्रबाट परीक्षा दिइरहेको कार्यालयका परीक्षा शाखाका सहायक जिशिअ गणेश अधिकारीले जानकारी दिनुभयो ।
Comment Here!