महिला खबर
काठमाडौं । सुदूरपश्चिममा रहेको देउकी प्रथाका बारेमा बृत्तचित्र बनाइएको छ । पत्रकार देवकी विष्टको निर्देशनमा बनेको देबकी इन सर्च अफ देवी नामक बृत्त चित्रमा धर्मका नाममा गरिवको छोरी किनेर ढुङ्गाको मुर्तिसँग जीवन जीउन कसरी बाध्य बनाइन्छ भन्ने वास्तविक कुराहरू समेटिएको छ । देबकी इन सर्च अफ देवी अनुसन्धानका क्रममा विभिन्न समयमा चढाइएका देवीहरूको खोजी भएको निर्देशक विष्टले बताउनुभएको छ ।
नेपालको सुदूरपश्चिमाञ्चलका विभिन्न शक्ती पीठ र महादेवका मन्दिरमा अझैपनि देउकी अर्थात देवीको नाम दिएर अवोध बालिकाहरू चढाइन्छन् । बैतडी जिल्लाका रहेका सातवटा देवीका शक्तीपीठ र महादेवका मन्दिरमा देउकी प्रथा अझै कायमै छ र लुकीछिपी देउकी चढाइन्छ ।
यो वृत्त चित्रमा देउकी र देउको किन , कसरी र के का लागि चढाउँछन् भन्ने कुरा को इतिहास प्रस्तुत गरिएको निर्देशक विष्टको भनाइ छ । क्यामेरा लुकाएर समेत खिचिएको र निर्देशक आफैँ देउकी बनेर विभिन्न चढाउने स्थानमा देउकी किन्ने व्यक्ती बनेर यसको अनुसन्धान गर्दा १ वर्ष लगाइएको निर्देशक बिष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति अनुसार विशेष गरी डोटी, डडेल्धुरा, दार्चूला, बैतडी र बाजुरामा देउकी र देउको प्रथा रहेको छ । प्राचिन कालमा अहिलेको सुदूरपश्चिम डोटी राज्य रहेका बेलादेखि मध्यपश्चिमका केही जिल्ला र सुदूरपश्चिममा देउको चढाउने प्रथा समेत भएपनि अहिले देउको प्रथामा कमी आएको छ । तर देउकी प्रथा कायमै रहेको वृत्त चित्रमा प्रस्तुत गरिएको छ । वृृत्त चित्र बैशाखको पहिलो साता रिलिज हुने निर्देशक देबकी विष्टले बताउनुभयो ।
Comment Here!