धरानका बलात्कार आरोपी काठमाडौंबाट पक्राउ


प्रकाशित मिति :2016-04-01 14:11:52

रमला सिंगक

बलात्कार आरोपी सुजन माझी

बलात्कार आरोपी सुजन माझी

सुनसरी। बालिका बलात्कार गरेर पाँचसातादेखि फरार रहेको आरोप लागेका धरान उपमहानगरपालिकाका २७ पटनाली बस्ने २५ बर्षीय सुजन माझीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

उनलाई नेपाल प्रहरीले बुढानिलकण्ठबाट बिहीवार पक्राउ गरेको हो। माझीले गत फागुन १२ गते राती स्थानीय दलित समुदायकी १२ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले व्यापक खोजी गरिरहेको थियो। माझी पक्राउ नपरेको समाचार महिला खबर डट कमले बलात्कारीलाई राजनीतिक संरक्षणः न्याय माग्दै बालिका शिर्षकमा बिहीवार मध्यान्ह छापेको थियो।

माझी एमाओवादी निकटका भएकाले उनलाई बचाउन अनेक प्रयास भइरहेको थियो। तर महिला सजाल, संचार माध्यमले लगातार दवाव दिएपछि प्रहरीले उनलाई पक्राउ गरेकोे हो। माझी पक्राउ परेपछि प्रहरीले शुक्रबार सार्वजनिक गर्दै कारवाही प्रक्रिया अगाडि बढाउने प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले बताए। उनले भने, ‘अदालतबाट म्याद थप गरेर हिरासतमा राखी हामीले थप अनुसन्धान सुरु गरेका छौं। दोषी ठहरिए कानून बमोजिम कारवाही दण्ड सजाय हुन्छ।’ 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: