सिर्जना अर्याल
चितवन। यसवर्षको प्रवेशिका परिक्षामा चितवन जिल्लाबाट कुल १२ हजार ५ सय २७ जना एस एलसी परिक्षामा सहभागी भएका छन्। यी मध्ये ६ हजार ५ सय ४१ जना छात्रा छन्। जसमा सामुदायिक तर्फ नियमितमा ३ हजार ४ सय १९ र एक्जाम्टेड तर्फ ९ सय ५१ गरी ४ हजार तिन सय ७० जना परिक्षामा सहभागी छन्। त्यस्तै खुल्ला तर्फ नियमितमा ३७ जना र एक्जाम्टेडमा १० सहित ४७ जना छन्। प्राविधिक तर्फको नियमितमा १६ जना रहेको जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ।
विहीबार पहिलो दिनको परिक्षामा अनुपस्थित रहेका १ सय २७ जना मध्ये छात्रा ४९ थिए। चितवनमा ८ जना फरक क्षमता भएकाले प्रवेशिक दिँदै छन् । यसवर्ष जिल्लामा कुल ३९ वटा परिक्षा केन्द्र तोकिएकोमा २ जना महिला केन्द्राध्यक्ष रहेको कार्यालयले जनाएको छ।
Comment Here!