सुकीलाई राज्यको सल्लाहकारको विशेष भूमिका दिन एनएलडीको प्रस्ताव


प्रकाशित मिति :2016-04-01 16:15:42

महिला खबर
Aungएजेन्सी। म्यानमारको प्रमुख सत्तारुढ राजनीतिक दल नेसनल लिग फर डेमोक्रेसीले‌‍ (एनएलडी) नेता आन साङ सुकीलाई विशेष भूमिका रहने पद दिन प्रस्ताव गरेको छ। सुकीलाई राज्यको सल्लाहकारको विशेष पद दिइनुपर्ने र त्यसको सम्मान राष्ट्रपति सरहनै हुनुपर्ने प्रस्ताव एनएलडीले गरेको हो।

राष्ट्रपतिसँग समन्वयात्मक भूमिकामा रहने तथा राष्ट्रियस्तरको सम्मान रहने गरी सुकीलाइ उक्त पदमा स्थान दिनुपर्ने  प्रस्ताव एनएलडीले गरेको छ।

म्यानमारमा नयाँ राष्ट्रपति टिन च्योले हिजो शपथग्रहण गरेका थिए ।  म्यानमारमा ५० वर्षपछि निर्वाचित नागरिक नेताले राष्ट्रपतिको शपथ लिएका हुन्। करिब आधा शताब्तीको सैनिक शासनपछि म्यानमारमले प्रजातान्त्रिक अभ्यास सुरु गरेको छ।
सुकीका पति र छोराहरूसँग विदेशी पासपोर्ट भएका कारण उनी राष्ट्रपति बन्नबाट बञ्चित  भएकी थिइन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: