एपीएफले जत्यो राष्ट्रिय महिला भलिबलको उपाधि


प्रकाशित मिति :2016-04-01 16:46:34

महिला खबर

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)ले जितेको छ ।

सशस्त्र प्रहरी बलको केन्द्रीय कार्यालय हल्चोकमा आज भएको फाइनल खेलमा एपीएफले नेपाल प्रहरीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।
apf
एपीएफले पहिलो सेट २५–८, दोस्रो सेट २५–२३ र तेस्रो तथा अन्तिम सेट २५ –२० ले नेपाल प्रहरीलाई पराजित गर्यो । उपाधिसहित एपिएफले साढे दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।

त्यसैगरी उपविजेता  नेपाल प्रहरीले र एक लाख २५ हजार रुपैयाँ पायो भने तेस्रो स्थान हासिल गरेको पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घले र ५० हजार रुपैयाँ पुरस्कार स्वरुप पाएको छ ।

सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिले आयोजना गरेको  प्रतियोगिताका विजेता टोलीलाई एपिएफका प्रहरी महानिरीक्षक दुर्जकुमार राईले  पुरस्कार वितरण गर्नुभयो ।

यही चैत १५ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न पाँच टोलीको सहभागिता  थियो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: