धनु राई
ओखलढुंगा । आफ्नै श्रीमानले बलात्कार गरेको भन्दै ओखलढुंगा जिल्ला प्रहरी कार्यलयमा एक श्रीमतीले उजुरी हालेकी छन् । ओखलढुंगा च्यानम ७ का २७ वर्षीय नारायण वस्नेतविरुद्ध उनकी श्रीमतीले बलात्कार गरेको आरोपमा उजुरी दिएकी हुन् । श्रीमानले मादकपदार्थ सेवन गरी पटक पटक कुटपिट गरि यौजन्य हिंसा गर्ने गरेको उनले दिएको उजुरमिा उल्लेख छ ।
वस्नेतले यसअघि पनि श्रीमतीलाई मादकपदार्थ सेवन गरी शारीरिक तथा मानसिक रुपमा यातना दिई यौजन्य हिंसा गर्ने गरेको पीडितको भनाई छ । उनीहरूलाई यसअघि पनि गाउँ मै तथा प्रहरीमा मेलमिलाप गराईएको थियो । बस्नेतले फेरि चैत १५ गते मादकपदार्थ सेवन गरी मध्यराती घरमा आएर श्रीमतीलाई कुटपिट गरी शारीरिक तथा मानसिकयाताना दिई बलात्कार गरेको भनि उनले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दिएकी हुन् ।
Comment Here!