महिला खबर
नवलपरासी । नवलपरासीको कावासोतीकी १३ वर्षीया बालिकालाई तीन जना युवाले सामूहिक बलात्कार गरेका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक परशुराम तिवार अनुसार बालिकाको घरदेखि केहि पर रहेको समुदायिक भवनमा थारु समुदायमा प्रचलित नृत्य लाठी नाच सिकेर बिहीबार साँझ घर फर्किंदै गर्दा बालिकाललाई तीन जना युवाले ती बालिकालाई बलात्कार गरेका हुन् ।
बालिकाको स्वास्थ्य परीक्षण भइसेकेको छ । घटनामा संलग्नको पहिचान भइसकेकाले उनीहरूको खोजी भइरहेको तिवारीले बताउनुभयो । पीडितको पक्षबाट किटानी जाहेरी समेत आएको छ ।
दोषीलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउने प्रहरी नायब उपरीक्षक तिवारीले बताउनुभयो । बलात्कारमा संलग्न तीन जना फरार रहेको प्रहरीले जनाएको छ ।
यसैबिच घटनालाई समुदायमै मिलाउन दबाब आईरहेको भन्दै पीडित परिवार र आफन्त र महिलासँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिसहितको टोलीले ईलाका प्रहरी कार्यालय पुगी दोषीलाई छिट्टै पक्राउ गरि कडा भन्दा कडा कारवाही गर्न माग गरेको छ ।
अखिल नेपाल महिला संघ नवलपरासीकी अध्यक्ष पदमा जिशी श्रेष्ठ , सचिव लिला थनैत , अन्तरपार्टी महिला संजालकी धना पौडेल , क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जेका उपाध्यक्ष ज्ञानु पंगेनी , महिला अधिकार मंच नवलपरासीकी आसा बोटेलगायतको टोलीले राजनैतिक पहुँचका आधार , पैसाको चलखेलबाट दोषीलाई उम्काउने प्रयास गरे महिलाले त्यसविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
Comment Here!