महिला सहकारीको बार्षिक आम्दानी सवा ४ करोड रुपैयाँ


प्रकाशित मिति :2016-04-03 13:33:44

एकराज गिरी

झापा । झापामा महिलाद्वारा सञ्चालित सहकारीले आर्थिक वर्ष २०७१/०७२ मा चार करोड २२ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेका छन् । ३ करोड ६३ लाख ५५ हजार खर्च कटाएर महिलाका सहकारीले ६४ लाख ९४ हजार रुपैयाँ नाफा गर्न सफल भएको जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले जानकारी दिनुभयो ।

झापामा महिलाद्वारा सञ्चालित १ सय ३६ वटा सहकारी छन् । ती सहकारीमा १६ हजार ९ सय ८६ जना महिला शेयर सदस्य छन् भने सञ्चालक सदस्यको संख्या एक हजार ५४ जना रहेको जनाइएको छ । महिलाद्वारा सञ्चालित सहकारीले २९ करोड ४० लाख रुपैयाँ कारोबार गरेको, ६ करोड ८० लाख शेयरपुँजी रहेको र बचत रकम १४ करोड ६३ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

ती सहकारीको लगानीमा रहेको ऋण १३ करोड १० लाख १० हजार रुपैयाँ रहेको छ । महिलाद्वारा सञ्चालितसहित झापामा रहेका कूल ८ सय ५४ सहकारी संस्थामा पनि आधाभन्दा बढी शेयर सदस्य महिला नै रहेको संघले जनाएको छ । एक लाख ४० हजार ८ सय ७१ महिला झापामा सहकारीको शेयर सदस्य रहेको जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो ।

सहकारीमा कूल दुई लाख ७५ हजार ९ सय ३० जना शेयर सदस्यमध्ये १ लाख ३५ हजार ५९ जना पुरुष रहेका छन् । त्यस्तै सञ्चालक समिति सदस्यमा रहेका महिलाको संख्या २ हजार ९ सय १३ रहेको छ । ४ हजार ३ सय ३० पुरुषसहित झापाका सहकारीमा ७ हजार २ सय ४३ जना सञ्चालक सदस्य छन् । जिल्लाका ती सहकारीमा २ हजार ८ सय ३३ कर्मचारी कार्यरत् रहेका छन् ।

ती सहकारीमा परिचालित कूल रकम १२ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ रहेको जनाइएको छ । त्यस्तै १ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ शेयर पुँजी रहेको झापाका सहकारीमा ७ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ बचत रकम रहेको जिल्ला सहकारी संघका सचिव युवराज ढकालले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: