तरकारी खेतीबाट मासिक पाँच रुपैयाँ बचत


प्रकाशित मिति :2016-04-03 15:05:06

नरेन्द्रसि‌ह कार्की

दार्चुला । देथला गाविसको वडा नम्बर ८ लुइटाका ३५ घरधुरी दलित महिलाले तरकारी खेतीबाट आएको आम्दानीबाट बचत सुरु गरेका छन् । तरकारी खेतीबाट आम्म्दानी हुन्छ भन्ने थाहा पाएपछि समूहमा आवद्ध भएर तरकारी खेती शुरु गरेको उनीहरूले बताएका छन् ।

संकल्प दार्चुला अक्सफाम नेपालको खाद्य तथा आर्थिक न्याय परियोजना लागू भएपछि महिलाले सुन्दरपुर महिला समूह गठन गरेका हुन् । समूहमा आवद्ध महिलाले विभिन्न तालिम र गोष्ठीमा सहभागी हुँदै गर्दा तरकारी गर्न सिकेका हुन् । अहिले उनीहरूले मासिक ५ रुपैयाँ बचत शुरु गरेको सुन्दरपुर महिला समूहका अध्यक्ष सरस्वती दमाईले बताउनुभयो ।

५ रुपैयाँबाट बचत शुरु गरेका दलित महिलाले अहिले गाउँमा ६२ हजार रुपैयाँ बढी सहकारीमा जम्मा गरेका छन् । समूहका केहीले भने मासिक २५ रुपैयाँसम्म बचत गर्न थालेका छन् । उनीहरूले समूहको रकमबाट ऋण लगानी तथा बचत संकलन थालेका छन् । ‘तालिम र गोष्ठीमा सहभागी भएपछि बचत तथा तरकारी उत्पादनबारे जानकारी पाएकी हुँ’, दमाई भन्नुहुन्छ ।

‘शुरु शुरुमा घरमा खाने समेत तरकारी नहुने, साबुन किन्ने पैसा हुँदैनथ्यो, समूहकी सचिव भागरथी लोहारले भन्नुभयो, पटक पटक तालिमबाट ज्ञान पाएपछि अहिले हाम्रो व्यवहार परिवर्तन भएको छ, हामी आफँैले तरकारी उत्पादन गरेर खान नसकेको विक्री गर्ने गरेका छौं । अहिले स्थानीय बजारमा तरकारी विक्री र्छौ ।’

उनीहरूले गरेको कामको अनुगमन गर्न गएको जिल्लास्तरीय टोलीसँग उनीहरूले आफ्नो काम र अवस्थाबारे जानकारी गराएका थिए । अनुगमनमा गएका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीसँग उनीहरूले आफूहरूलाई सहयोगको खाँचो रहको  बताए ।

महिलाले तरकारी खेतीसँगै सहकारीलाई अघि बढाइरहेका छन् ।  ‘अझै केही सहयोग पाए  अझै आत्मनिर्भर बन्न सक्थ्यौ’ समूहका सदस्य बसन्ती लोहार भन्नुहुन्छ ।

‘महिलाले केही गर्न सक्दैनन् भन्ने पुरुषलाई अहिले हामीले कमाएर दिने गरेका छौं’,  उहाँले भन्नुभयो । महिला नै मिलेर सिचाई योजना, तरकारी खेती र सहकारी बनाउनु आफैँमा चुनौतीको काम  भएपनि काम  प्रंशनीय भएको स्थानीय विकास अधिकारी सहदेव रायमाझीले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: