महिला खबर
न्यूयोर्क । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), महिला समितिद्वारा स्थापित अनेसास नवरत्न पुरस्कारबाट पहिलो पटक नेपाली साहित्य, कला र समाजसेवाका क्षेत्रमा समर्पित नौजना महिलालाई पुरस्कृत गरिएको छ ।
पुरस्कृत हुनेहरूमा हाँस्य अभिनेत्री वसुन्धरा भुसाल, नृत्य निर्देशक एवं साहित्यकार डा. बेटी बज्राचार्य, वरिष्ठ आख्यानकार विन्दिया सुब्बा, समाजसेवी डा. विष्णुमाया परियार, साहित्यकार ज्योति पौडेल, वरिष्ठ समालोचक लीलाकुमारी लुईटेल, गायिका पविता परियार, व्यावसायी सूर्य श्रेष्ठ महर्जन र गायिका-कलाकार यशोदा खालिङ राई रहेका छन् ।
त्यसैगरी, अनेसास डायस्पोरा बालप्रतिभा पुरस्कारबाट पहिलो पटक सातजना प्रतिभाशाली बालिका पुरस्कृत भएका छन् । पुरस्कृत हुने बालिका प्रतिभाहरुमा कवि-कलाकार बिवेचना निरौला, कलाकार विभूषा बिष्ट, कलाकार क्रिष्टल थापा, गायिका मिली श्रेष्ठ, लेखिका प्रिया सुवेदी, कलाकार शलिना श्रेष्ठ र कलाकार जारा प्रसाई रहेका छन् । अप्रिल २ तारिख अमेरिकाको न्यूयोर्कमा आयोजित एक समारोहमा उनीहरूलाई सम्मान गरिएको हो ।
तस्बिरः प्रदिप थापा परियार
Comment Here!