महिला खबर
एजेन्सी। भारतको महाराष्ट्र राज्यमा आन्दोलनकारीले अदालतको आदेशलाई उल्लङ्घन गर्दै महिलालाई मन्दिर पस्न रोक लगाएका छन्।
बीबीसीका अनुसार महाराष्ट्र राज्यको सानी सिहनापुरमा रहेको उक्त मन्दिरमा महिलालाई प्रबेश गर्न दिइदैन ।
भारतमा अन्य त्यस्ता धेरै मन्दिर छन् जहाँ महिलाको प्रवेशलाइ परम्परागत र धार्मिक रुपमै निषेध गरेको छ। महाराष्ट्र उच्च अदालतले गत शुक्रवारमात्रै महिलालाई मन्दिर जाने अधिकार दिएको थियो । अदालतले मन्दिर पस्न अवरोध गर्नेलाई ६ महिनाको सजाय तोकेको छ।
महिला अधिकारकर्मीले प्रहरीको संरक्षणमा पुनस् मन्दिर पस्ने प्रयास गर्ने बताएका छन्।
केहि गाँउले जसमा धेरै जसो महिला भएको समूहले महिला अधिकारकर्मीलाई मन्दिर पस्न अवरोध गरेको बीबीसीले जनाएको छ ।
गतबर्ष सानी सिहनापुर मन्दिरका पुजारीले महिलाले मन्दिर प्रवेश गरि पूजा गरेको भन्दै मन्दिरको सुद्धिकरण गरेका थिए।
Comment Here!