पाँच वर्षीया वालिकामाथि बलात्कार प्रयास


प्रकाशित मिति :2016-04-04 11:22:31

पार्वती पाण्डे
कपिलवस्तु। कपिलवस्तुको पत्थरदेयियामा ६५ वर्षीय बृद्धालेे ५ वर्षीया वालिकामाथि जवरजस्ती करणीको प्रयास गरेका छन्। घरबाट रिचार्ज कार्ड किन्न गएकी ती बालिकालाई करण बहादुर क्षेत्रीले जवरजस्ती करणीको प्रयास गरेको उनकी आमाले बताइन्। छोरी कार्ड लिएर आउन ढिला गरेपछि आमा आफैँ लिन जाँदा त्यस्तो दुश्प्रयास गर्न थालेको देखेपछि उनले पीडकलाई दुई झापड समेत हानेको बताइन्।

क्षेत्रीले मदिरा सेवन गरेका थिए। घट्नाका बारेमा अनुसन्धानका लागि पत्थरदेदिया प्रहरी चौकीले पीडकलाई पक्राउ गरेपनि एक दिनमै छाडिएको अधिकारकर्मीले वताएका छन्। अधिकारकर्मी मीना परियार , विष्णु खतिवडा र संचारकर्मीसहितको टोलीले घट्ना थाहा पाए लगत्तै पीडित समक्ष पुगेका थिए।

अधिकारकर्मी परियारका अनुसार घटनापछि गाउँ समाजले छोरीको इज्जत जान्छ यही मिलाउनुपर्छ भनेर पीडित बालिकाका परिवार न्यायका लागि खुलेर लाग्न सकेको छैनन्। मुद्दामामिलाका लागि तौलिहवा जानआउन नसक्ने पीडित परिवारको भनाइ उल्लेख गर्दै अधिकारकर्मी मिना परियारले बताउनुभयो।

प्रहरीले अनुसन्धानका लागि लगेकोमा छिट्टै छाडिदिनु वालिकामाथिको अन्याय भएको मानवअधिकारकर्मीको ठहर छ। उता प्रहरी उपरिक्षक विष्णु कुमार के सीले पीडितले उजुरी नदिँदा कारवाही प्रक्रिया अगाडि बढाउन नसक्ने वताउनुभयो। …उजुरी दिने बित्तिकै हामी निजलाई कारवाही प्रक्रिया अघि वढाउन तयार छौं’, उहाँले भन्नुभयो।

यसअघि केही दिन अगाडी तौलिहवास्थित एक घरमा डेरा लिई एक १३ वर्षीया वालिकालाई बन्धक वनाई बलात्कार गरेर फरार भएका फुलिका गा.बि.सका अब्दुल लतिफ मुसलमान पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय तौलिहवा कपिलवस्तुको खोज तलासको क्रममा ७ महिना पछि पक्राउ परेका हुन् । भदौ ५ मा भएको घटनासँगै प्रहरीमा उजुरी परेपनि अभियुक्त फरार हुँदै आएकोमा यहि चैत्र १८ मा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयमा २०७१/७२ मा जवरजस्तीकरणी र उद्योग समेत गरि १४ वटा मुद्दा परेको प्रहरीमा छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: