महिला खबर
प्यूठान । प्यूठान दाङ्वाङ–७ का आमाछोरीले एसएलसी परीक्षा सँगै दिएका छन्।आमा नम्रता कर्णेल र छोरी वसन्ता कर्णेलले यसवर्षको एसएलसी परीक्षा सँगै दिएका हुन्। विसं २०३६ देखि लगातार एसएलसी परीक्षामा सहभागी हुँदै आएकी नम्रताले यसपटक भने छोरीसँगै परीक्षा दिइन्। ‘छोरीसँगै परिक्षा दिन पाउँदा खुसी लागेको छ’ उनले भनिन्। पढ्न र सीप सिक्नका उमेरले नछेक्ने मान्यता उनको छ। फेल हुँदैमा वा उमेरका कारण लाज मानेमा महिलाको शिक्षामा पहुँच नपुग्ने उनी बताउँछिन्।
नम्रता दाङ्वाङ स्वास्थ्य चौकीमा २१ वर्षदेखि मातृशिशु कार्यकर्ताका रुपमा कार्यरत छन्। । नम्रताले लामो समयदेखि पढ्नमा देखाएको रुचिले यस क्षेत्रमा महिलालाई समेत केही काम गर्ने उत्साह थपेको परीक्षा केन्द्रका केन्द्राध्यक्ष तिलमराम पाण्डेले बताए । नम्रताका जेठो छोरा निमानन्द कर्णेलले हाल स्नातकोत्तर पढ्दै छन्।
दाङ्बाङ माविमा अध्ययन गर्दै आएकी नम्रताले मोति उच्च मावि, बरौला परीक्षा केन्द्रबाट र १९ वर्षीया छोरी वसन्ताले भानुभक्त उच्च मावि बर्बोटबाट एसएलसी परीक्षा दिएका छन् ।
Comment Here!