जम्मु -काश्मिरमा पहिलो महिला मुख्यमन्त्री


प्रकाशित मिति :2016-04-05 12:02:05

महिला खबर

एजेन्सी। जम्मु- काश्मिरमा पहिलोपटक महिला मुख्यमन्त्री भएकी छन्। मेहबुवा मुफ्तले  सोमवार मुख्यमन्त्री पदको सपथग्रहण गरेकी छन्। ५६ वर्षीया मेहबुवा मुफ्त पिपुल्स डेमोक्रेटिक पार्टी पिडीपीकी नेता हुन्। उनका बुवा पुर्व मुख्यमन्त्री मुफ्ती मोह्बद सायिदको मृत्युपछि ये पदमा उनकी छोरी ५६ वर्षीया मुफ्तलाई मुख्यमन्त्रीको दावेदारको रुपमा हेरीएको थियो। उनको बुवाको मृत्यु  गत जनवरीमा भएको थियो ।
जम्मु( काश्मिर भारतको मुस्लिम बाहुल्य भएको एकमात्र राज्य हो।

j
सन् १९९९ मा  बुवा मुफ्ती मोहम्मद सायिदको अध्यक्षतामा गठन भएको पीडीपीमा उनी उपाध्यक्ष  थिइन।  काश्मिरमा पार्टी निर्माण र विस्तारको ‌श्रेय पनि उनलाई जाने गरेको छ।

भारतमा उनीलगायत ५ जना महिला मुख्यमन्त्री रहेका छन् । तमिल नाडुमा जयललिता,  गुजरातमा आनन्दी बेन पटेल, राजेस्थानमा  बसुन्धरा राजे र पश्चिम वंगालमा ममता वेनर्जी मुख्यमन्त्री रहेका छन् ।तर जम्मु-काश्मिर जस्तो मुश्लिम रुढीबादी परम्परा भएको राज्यमा यो पदमा पुग्ने उनी पहिलो महिला हुन्।

प्रधानमन्त्री  नरेन्द्र  मोदी शपद ग्रहण समारोहमा उपिस्थत नभएपनि उनले  ट्वीटरबाट मुफ्तीलाई बधाइ दिएका थिए।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: