महिला खबर
काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना आज बिहानदेखि सुरु भएको छ । नेपाल बारले यसपाली विधान संशोधन गरी १५ सदस्यीय केन्द्रीय कार्य समितिलाई २५ सदस्यीय बनाएको छ । संशोधित विधानमा क्षेत्रीयसहित ७ जना उपाध्यक्ष मध्ये एकजना महिला र २ जना केन्द्रीय सदस्यका लागि आरक्षणको व्यवस्था गरिएको छ ।
बारको नयाँ कार्य समितिका लागि उपाध्यक्षमा २ जना, कोषाध्यक्षमा एक जना र केन्द्रीय सदस्यमा ६ जना महिला प्रतिस्पर्धामा छन् । आरक्षणमा गरिएको एकजना उपाध्यक्षका लागि उषा मल्ल पाठक र शान्ता सेढाइ प्रतिस्पर्धामा छन् । यसैगरी कोषाध्यक्षमा नीना डंगोल सहित ४ जना मैदान छन् । नेपाल बार एशिसोएसनका देशभरी साढे नै हजार सदस्य मध्ये १५ सय महिला सदस्य भएको बारका महासचिव सुनिल कुमार पोख्रेलले जानकारी दिनुभयो । सर्वोच्च अदालतको परिसरमा आठवटा मतगणना केन्द्र राखिएको छ ।
नेपाल बारको देशभरका ३३ मतदान केन्द्रमा शनिवार निर्वाचन सम्पन्न भएको थियो । पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो । कुल नौ हजार ५२२ मध्ये सात हजार ८६२ ले मत खसेको छ । नयाँ नेतृत्वका लागि लोकतान्त्रिक र प्रगतिशील समूहबीच प्रतिस्पर्धा भएको छ ।
प्रगतिशील समूहको नेतृत्व विजयकान्त मैनालीले तथा लोकतान्त्रिक समूहको नेतृत्व शेरबहादुर केसीले गर्नुभएको छ ।
Comment Here!