निर्मला भट्ट
डडेल्धुरा । भीमदत्तराज मार्गको भात्काडा नजिकै आज दिउँसो एक होटेल भत्किँदा नयाँ वर्ष मनाउन घर जादै गरेका दुई महिला, दुई बालकसहित १७ जना घाईते भएका छन् । काठको टहरामा संञ्चालित बैतडी सम्राई नामक होटल भत्किँदा खाना खान होटेलभित्र रहेका १७ जना घाईते भएका हुन् । धनगढीबाट अछामको साँफेतर्फ जाँदै गरेका से १ ख ९१६ र ना ४ ख ३१९७ नम्बरको बसका यात्रु घाईते भएका हुन्
भिरालो ठाउँमा काठको टेको लगाएर कमजोर पूर्वाधारसहित बनाइएको होटलमा क्षमताभन्दा बढी मानिस पसेपछि भत्किएको प्रहरीले जनाएको छ । घाइतेको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
Comment Here!