बलात्कारीलाई उम्काउन खोजेको भन्दै अधिकारकर्मी आन्दोलनमा


प्रकाशित मिति :2016-04-05 16:04:43

ज्ञानु पंगेनी

नवलपरासी । १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्नेलाई ५ दिन वितिसक्दापनि पक्राउ नगरेको भन्दै नवलपरासीमा महिला अधिकारकर्मी आन्दोलित भएका छन् । गएको विहीवार राती ती बालिकालाई ३ जनाले सामूहिक बलात्कार गरेका थिए । घटनापछि उनीहरू फरार छन् ।

दोषीलाई पक्राउ गरी कडा कारवाही गर्न नवलपरासीका महिला अधिकारकर्मीहरूले दिनहुँ प्रहरी प्रसाशनलाई दबाब दिईरहेका छन् ।

प्रहरीचौकीबाट करीब ३ किलोमिटरको दुरीमा भएको घटनाको दोषी प्रहरीले चाहेको भए तुरुन्तै पक्राउ गर्न सक्थ्यो, तर प्रहरी प्रसाशन राजनैतिक दबाब र पैसाको आडमा दोषीलाई पक्राउ गर्न हिच्किचाईरहेको पीडित पक्षको आरोप छ ।

घटना भएपछि पीडक पक्षबाट घटनालाई समाजमै मिलाउन आर्थिक प्रलोभन देखाएको पीडितका आफन्तले बताएका छन् ।

तीन जना मध्ये एकजना केही दिनमा अमेरिका जाने तयारीमा रहेकाले उसको भविष्य बर्बाद हुने, लगानी खेर जाने भन्दै उनको परिवारले बलात्कृत बालिकालाई पढाइदिने, विवाह खर्च बेहोरिदिने भन्दै प्रलोभन देखाएको बालिकाकी छिमेकी कलिया मुसहरले बताउनुभयो ।

उनीहरूको प्रलोभनमा नपरी बालिकाले न्याय पाउनैपर्छ र दोषीलाई कारवाही हुनैपर्छ भनेर आफूहरूले किटानी जाहेरी दिएको र दवावका लागि महिला अधिकारकर्मी गुहारेको उहाँको भनाई छ ।

पीडित पक्षको आर्थिक अवस्था कमजोर भएको र कही कतै पहुँच नभएकाले प्रहरी प्रसाशन पीडकलाई पहुँच र पैसाको आडमा उम्काउन खोजेको आफन्त र अधिकारकर्मीले आरोप लगाएका छन् ।पाँचदिनदेखि दिनहुँ महिला अधिकारकर्मी दोषीलाई पक्राउ गर्न दबाब दिँदै प्रहरीमा धर्ना दिइरहेका छन् ।

सोमवार करीब ३ घण्टासम्म ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख पर्शुराम तिवारीसँग महिलाअधिकारकर्मीको टोलीले यसविषयमा छलफल गरेको थियो । यसक्रममा प्रहरी प्रमुख तिवारीले दोषीलाई पक्राउ गर्न आफूले सक्दो प्रयास गरेको दाबी गर्नुभयो । तर महिला अधिकाकर्मीहरूले प्रयासले नहुने दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्ने भन्दै दवाव दिएपछि फरार रहेका आरोपितका आफन्तलाई सोमवार साँझ प्रहरीचौकीमा ल्याएर सोधपुछ गरिएको छ । सोधपुछका क्रममा उनीहरूले आरोपित आफूहरुको सम्पर्कमा नभएको बताएका छन् ।

पीडितका परिवारले प्रहरीले झारा टार्नमात्रै उनीहरूलाई सोधपुछ गरे जस्तो गरेको र दवाव र प्रलोभनमा परेको भन्ने आरोपलाई प्रहरी प्रमुख तिवारीले अस्वीकार गर्नुभयो । उहाँले आफू कुनै प्रलोभन र दबाबमा नआएको , बलात्कारजस्तो जघन्य अपराध गर्नेलाई आफूले कुनै हालतमा नछोड्ने भन्दै खोजी तिब्र रुपमा भैरहेको बताउनुभयो । महिलाअधिकारकर्मीहरूले आज दोषीलाई पक्राउ नगरे भोलीबाट शसक्त आन्दोलन गर्ने चेतावनी दिएकाछन् ।

पीडित बालिकालाई परासीस्थित सेवाकेन्द्रमा राखिएको छ । मानसिकरुपमा कमजोर भएकी उनले राम्रोसँग खाना समेत नखाएको केन्द्रले जनाएको छ ।

प्रहरी प्रमुख तिवारीका अनुसार डक्टरी रिपोर्ट अझै आएको छैन । प्रहरीले घटनास्थलबाट बलात्कारमा संलग्नहरूको कमिज पाईन्ट समेत बरामद गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: