वातावरण प्रदूषणविरुद्ध ज्योतिकाे कला प्रर्दशनी


प्रकाशित मिति :2016-04-05 16:42:00

जमुना वर्षा शर्मा

पोखरा। सुन्दर शान्त र स्वच्छ पोखराको उद्घोष गर्दै कलाकार ज्योति हमालले २४ घण्टे पर्फेमेन्स आर्ट (भावनाटिका कला) मा सहभागी हुन सबैलाई आग्रह गरिन्। आग्रह अनुसार सहभागी एवं अतिथिहरू प्रर्दशनीस्थल भनिएको पोखराको घारीपाटनमा रहेको चचहुइ फन पार्कमा पुगे।

एउटा ब्यानर मुनि दुइ चुल्ठीकपाल बाटेकी साडी र चोलोमा सजिएकी उनै कलाकार ज्योति हमाल एक्लै पलेटी कसेर बसिरहेकी थिइन्।
अतिथि एवं सहभागी एकछिन अलमलमा परे। त्यहाँ न कुर्ची थियो न कुनै व्यवस्थित कार्यक्रम स्थलको सजावट नै। सहभागीले वरिपरी आँखा डुलाइरहेका थिए। कला प्रदर्शनीको यो भिन्न प्रस्तुतीले सबैलाई कौतुहल बनाइरहेको थियो। प्रमुख अतिथि थिए पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारी। निकै चासो दिएर उनले पनि यी दृश्य हेरिरहेका थिए, तर कलाको प्रारुपका बारेमा उनी पनि अल्मलिएका थिए।

Jyo

यत्तिकैमा कार्यक्रम संचालक अञ्जना न्यौपानेले कार्यक्रम उद्घाटनका लागि प्रमुख अतिथिलाई आग्रह गरिन्। संचालकको आग्रह अनुसार प्रमुख अतिथिले ज्योतिको शरीरमै राखिएको प्लाष्टिकको चम्चालाई पिनले उनेर उद्घाटन गरे। उनको यो शैलीप्रति उपस्थित सबैको मनमा

झन कौतुहलता थप्यो।

एकपछि अर्को गरी अतिथिलाई एवं सहभागी सबैलाई ज्योतिको शरीरमा फोहोर कुराहरू उन्न आग्रह गरियो। वातावरण प्रदूषणविरुद्ध
सचेतनाका लागि गरिएको यो विल्कुल फरक कला प्रदर्शनीले सबैलाई आश्चर्यमा पार्‍यो। सुन्दर मान्छेलाई जसरी एक अर्को फोहोरको टुक्राले कुरुप बनाउँदै लैजान्छ, त्यसैगरी सुन्दर शहर पनि दिनप्रतिदिन प्रदूषित र कुरुप हुँदै गएको सन्देश उनले यो कला मार्फत दिन खाजेकी थिइन्।

आफ्नो शरीरलाई प्रयोग गरेर फोहोरबाट हुने क्षति र प्रदुषणको नमुना देखाउँदै वातावरण सरसफाइका लागि ज्योति हमालले २४ घण्टासम्म केही नखाइ एकै स्थानमा रहेर सो चेतनामुलक कला प्रदर्शनी गरेकी थिइन्।सुन्दर र शान्त पर्यटकिय शहर पोखरामा दिनप्रति दिन बढ्दै गएको प्रदूषणले यहाँको सुन्दरता र मानवीय जीवनलाई समेत नकारात्मक प्रभाव पारेको भन्दै सचेतनाका लागि कला प्रदर्शन गरेको कलाकार ज्योति हमालले बताइन्।

j

पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले २४ घण्टे कठिन र फरक कला प्रदर्शनीले उपमहानगरपालिकाले बैशाख १ गते देखि गर्न लागेको प्लाष्टिक झोला र गिलास निषेधित कार्यक्रमलाई सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे। उनले फरक शैलीको कलाले सचेतनाका लागि राम्रो सन्देश दिन सफल भएको बताए।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको पर्फमेन्स आर्ट तथा प्रतिस्थापन समितिका संयोजक प्राज्ञ नगेनसिंहले २४ घण्टा पर्फमेन्स आर्ट प्रर्दशनी वातावरण संरक्षण र पर्यावरणीय क्षति न्यूनिकरणका लागि कलाको माध्यमबाट सहयोग गर्ने गरिएको बताए।

नेपालीमा ‘भावनाटिका कला प्रदर्शन’ नाम दिइएको सो प्रर्दशनीको पोखरा उपमहानगरपालिका वडा नंं ७ नगर समन्वय समितिकी अध्यक्ष प्रभा पन्तले कलाकार ज्योति हमालको शरीरमा भएको फोहोर हटाएर समापनको घोषणा गरेकी थिइन्।

१० वर्षदेखि कला क्षेत्रमा रहेकी हमालले सुरुमा चित्रकला हुँदै पछिल्लो दुई वर्षदेखि पर्फमेन्स आर्टमा काम गर्दै आएको र यो कठिन कला प्रदर्शनी पोखरामा पहिलो पटक गरिएको नागेन आर्ट ग्यालरीका प्रबन्ध निर्देशक एवं कार्यक्रम संयोजक सहवीर गुरुङले जानकारी दिए।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: