बालबालिका तस्करीबारे छानविन गर्न के गर्दैछ नेपाल सरकार ?


प्रकाशित मिति :2016-04-05 17:00:01

निर्मला भट्ट
काठमाडौं। नेपालका भूकम्प पीडित नेपाली बालबालिका दासीका रुपमा बेलायत पुर्‍याईको खबर बेलायतबाटै प्रकाशित हुने पत्रिका द सनले सार्वजनिक गरेपछि यसका बारेमा बेलायतमा वहस सुरु भएको छ। अनुसन्धानका लागि सहयोग गर्न बेलायती सरकारले उक्त पत्रिकालाई अनुरोध गरेको छ। तर नेपाल सरकारले यसवारेमा अझै तदारुकता देखाएको छैन।

भूकम्प पीडित बालबालिका बेलायती परिवारमा घरेलु कामदारका रुपमा बिक्री भईरहेको बेलायती पत्रिका द सनको दाबी लगत्तै बेलायतको गृहमन्त्रालयले त्यसबारे अनुसन्धान गर्न आदेश दिईसकेको छ। तर, नेपाल सरकारले यसबारेमा औपचारिक रुपमा बोलेको छैन।

महिला खबरको जिज्ञाशामा महिला तथा बालबालिका समाजकल्याण मन्त्रालयले त्यस बिषयमा आफ्नो ध्यानआकर्षण भएको र परराष्ट्र र गृह मन्त्रालयसँग त्यसबारेमा समन्वय गरिरहेको बताएको छ। मन्त्रालयका सहायक सूचना अधिकारी उपसचिव सुनिता नेपालले जानकारी पर्याप्त नभएकाले केही गर्न नसकिएको बताउनुभएको छ। बेलायत सरकारको अनुसन्धान पनि कुर्नुपर्ने र सम्वन्धित मन्त्रालयहरूमा समन्वय अगाडी बढाउनुपर्ने उपसचिव नेपालले बताउनुभयो।

आफ्नो स्थलगत अनुसन्धानका आधारमा नेपाली र भारतको बिहारका बालबालिकालाई ५ लाख भारतिय रुपैयाँमा बेचिएको बेलायती पत्रिका द सनले दाबी गरेको छ।

पत्रिकाका अनुसार बालबालिका बिक्री गर्ने गिरोहको नाइके भारत जालन्धरका मख्खन सिंह भएको समाचारमा जनाइएको छ। गिरोहले बालबालिकालाई धर्मपुत्र र पुत्री वा घरेलु कामदारका रुपमा बेलायत पठाउने गरेको छ।

पत्रिकाले मख्खनले तीन जना बालबालिकासँग भेटाउँदै उनीहरूलाई बेलायतसम्म लैजान आवश्यक पर्ने कागजपत्र बनाउने मानिस आफूसँग भएको उनले दाबी गरेको समेेत समाचारमा जनाएको छ। भूकम्पबाट घरबारविहिन भएका सबै बालबालिकाहरू भारतमा आश्रय लिइरहेको दाबी पत्रिकाको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: