महिला खबर
काठमाडाैं । पत्रकार महिलाका लागि ५ दिने अनलाईन तथा मल्टिमिडिया तालिम ललितपुरमा शुरु भएको छ। अनलाईन पत्रकारितामा महिला पत्रकारको क्षमता बढाउने उद्देश्यले आईआईजेबी अल्मुनाई र सञ्चारिका समूहको संयुक्त आयोजनामा आजदेखि तालिम शुरु भएको हो।
ईन्टरनेटमा मानिसको पँहुचलगायत विविध कारणले अहिले अनलाईन पत्रकारिता लोकप्रिय भईरहेकाले यसको प्रभावकारिता बढाउन तालिमको आयोजना गरिएको हो।
तालिममा फिचरमा फोटो, भिडियो, स्केचहरुको प्रयोग र यसको महत्वको बारेमा जर्मनीबाट आउनुभएका पत्रकार आन्द्रे मार्शलले सहजीकरण गरिहनुभएको छ। तालिममा १७ जना महिला पत्रकारको सहभागिता रहेको छ।
Comment Here!