पुर्नस्थापना गृहको अभाव हुँदा समस्या


उद्दार गरिएकालाई राख्न संघसंस्था गुहार्नुपर्‍योः प्रहरी

प्रकाशित मिति :2016-04-06 15:58:40

रसना ढकाल

sarbendra
काठमाडौं।  चैत २० गते बेलुका क्षेत्रपाटीस्थित एक खाजा घरबाट प्रहरीले १२ देखि १६ वर्ष उमेरका ४ जना बालिकालाई उद्दार गर्‍यो। ती बालिकालाई अवैध धन्दामा प्रयोग गरिरहेको थाहा पाएपछि सोह्रखुट्टे प्रहरी युनिटले बालिकालाई उद्दार गरेको हो।  घटनास्थलमा पुगेको प्रहरीले खाजा घर सञ्चालक र ग्राहकलाई समेत गिरफ्तार गर्‍यो। छानविनपछि प्रहरीले खाजा घर सञ्चालक तथा ग्राहकमाथि सार्वजनिक मुद्दा चलायो। तर, निर्दोष देखिएका ती बालिकालाई प्रहरीले तत्काल छोड्न पनि सकेन र राख्न पनि सकेन। किनकी ति बालिकालाई आफ्नो घरमा फर्काउन सम्भव थिएन र तत्काल राख्ने सुरक्षित आश्रय घर पनि थिएन।

सोह्रखुट्टे प्रहरी बृतका प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठौरले ती बालिकालाई राखिदिन सेल्टर सञ्चालन गरिरहेका महिला अधिकार र मानव बेचविखनको क्षेत्रमा काम गर्ने सबै संस्थालाई अनुरोध गरे। तर तत्काल योपनि सम्भव भएन र अन्तमा उद्दार गरेर ल्याईएका ती बालिकालाई केही घण्टापछि छोडनुपर्‍यो। विडम्बना छोडिएको केही दिनपछि नै ती बालिका पुन अर्कै रेष्टुरेण्टमामा गएर सोही काम गरिरहेका छन्। यस्ता समस्या दैनिक भोग्नुपर्ने उनी बताउँछन्।

उद्दार गरिएकाहरूलाई राख्न सेल्टर वा पुर्नस्थापना गृह नहुँदा निकै समस्या परिरहेको राठौरको भनाइ छ। अहिले प्रहरीले मानव तस्कारको जालोलाई तोड्न विभिन्न अभियान चलाइरहेको छ। होटल , रेष्टुरेन्ट , दोहोरी घर मेनपावरहरूलाई कडाइ गरिरहेको छ। जसमा अधिकासं पीडित महिला र बालिकाहरू हुनसक्ने प्रहरीको अनुमान छ ।

‘उद्दार गरेर ल्याईएका महिला तथा बालिकालाई राख्न सुरक्षित घरको आवश्कता पर्छ, तर सरकारको स्व्ाामित्वको सुरक्षित घर नहँुदा जहाँबाट पीडितलाई ल्याईयो फेरी त्यहि जाने सम्भावना धेरै देखिएको छ’ खोह्रखुट्टे प्रहरी बृतका प्रहरी नायब उपरिक्षक सोमेन्द्र सिंह राठौर भन्छन् । हाल प्रहरीले चलाएको मानव बेचविखनकोविरुद्ध अभियानका क्रममा पीडित महिला र बालबालिका धेरै सम्पर्कमा आएका छन्। राज्यको तर्फबाट पुर्नस्थापना गृह अभाव हुँदा संघसंस्थालाई गुहार्नुपर्ने बाध्यता भएको प्रहरी नायब उपरिक्षक राठौर बताउँछन्।

त्यसैगरि प्रहरी अपराध महाशाखा टेकुले पहिलो पटक ४ महिनादेखि हट लाइन टेलिफोन नम्बर ११७७ सञ्चालनमा ल्याएको छ। कोहीपनि महिला कहीकतैबाट असुरक्षित या कसैले आफूलाई बेच्न लागेको शंका लागेमा देश विदेश जहाँबाट पनि यो हटलाईनमा सम्पर्क गरी जानकारी दिएमा तुरुन्त प्रहरीले उद्दार गर्ने अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्द्र खनाल बताउँछन्। तर, समस्या भने उद्दार गरेर ल्याईएका ती महिला तथा बालिकालाई आफन्तीको जिम्मा नलाएसम्म सुरक्षित घरमा राख्नु पर्छ, जुन छैन।

खनाल भन्छन् ‘सरकारीस्तरमा सुरक्षित घरको व्यवस्था भएको भए अरु संस्थालाई गुहार्नुपर्ने थिएन , किनकी एक नागरिकको राज्यसँग धेरै अपेक्षा हुन्छ र त्यो उसको अधिकार पनि हो, तर पुर्नस्थापना गृह नहुँदा संघसंस्थासँग हार गुहार गर्नुपर्छ जसले गर्दा कतै नागरिक अधिकारको संरक्षण गर्न सकिएन कि भन्ने डर भइरहेको छ।’ ‘अहिलेसम्म सम्पर्कमा आएका महिलालाई आश्रय स्थलमा राख्न संस्थालाई भन्ने गरेका छौं, तर उनीहरूलाई आग्रह गर्दा आफ्नो मनमा कही कतै यो कुरा खट्किन्छ।’ उनी भन्छन्

नेपाल सरकारसँग अहिले आफ्नो स्वामित्वमा रहेका सुरक्षित पुर्नस्थापना गृह आठ वटा जिल्लामा १० वटा छन्। यी मध्ये २ वटामात्रै काठमाडौंमा  छन्। यीपनि सञ्चालनमा आइसकेको छैनन्। अन्य पर्सा , चितवन , सिन्धुपाल्चोक , झापा , रुपन्देही , बाँके र कैलालीमा छन्। हाल सुर्खेतमा एक सुरक्षित घरको लागि प्रस्ताव गरिएको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयकी महिला विकास अधिकृत शोभा खरेलले बताइन्। काठमाडौंमा पुर्नस्थापना गृह थप्ने योजना नभएको उनको भनाइ छ।

तर, यी पुर्नस्थापना गृहमा निकै थोरै समय राखिने हुनाले घरपरिवार पुर्नस्थापना गर्न लामो समय लाग्दा समस्या परेको यस क्षेत्रमा का गर्नेहरू बताउँछन्। फेर परिवारमा जान नसक्नेलाई पुर्नस्थापना गृहबबाट निकालेर कहाँ राख्ने भन्ने समस्या अर्को छ।

प्रहरी मार्फत उद्दार गरेर ल्याएका महिला बालबालिकालाई माईती नेपाल , शक्ति समूह , ए.बी.सी , साथीलगायतका संघसंस्थाका सेल्टरमा राखिएको महिला अधिकृत खरेल बताउँछिन्। यी सुरक्षित घरमा मानव बेचविखनमा परेका महिलालाई मात्र आश्रय दिने उनको भनाई छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: