बलात्कारमा परेकी महिलालाई कामबाट निकाल्नेसँग प्रहरीले स्पष्टिकरण लिने


ससम्मान काम दिन्छु : रोजगारदाता देउला

प्रकाशित मिति :2016-04-06 16:23:17

निर्मला भट्ट
काठमाडौं। आफ्नै भाईबाट बलात्कृत भक्तपुर थिमिकी एक २२ वर्षीया महिलालाई जागिरबाट पनि निकालिएपछि त्यसको कारणबारे प्रहरीले सञ्चालकसँग स्पष्टिकरण लिने भएको छ। भक्तपुर प्रहरी प्रमुख किरण बज्राचार्यले जागिरबाट निकाल्नुको कारणबारे सोधपुछका लागि काठमाडौं फनपार्कका संचालकलाई बोलाएर कुरा गर्ने बताउनुभयो। ती महिलाको विषयमा आफूहरु संवेदनशील रहेको बताउँदै प्रहरी प्रमुख बर्जाचार्यले भाईको आधा सम्पत्ति लिन पाउने अधिकार भएकाले त्यसमा सहजिकरण गर्ने आश्वासन दिनुभएको छ। पीडित महिलाको अहिलेको आवश्यकता रोजगारी नै भएकाले जागिर खोज्न पहल गरेको र सामाजिक न्यायका लागि सञ्चारमाध्यमसँग पनि समन्वय गरिरहेको उहाँले बताउनुभयो। ‘उनको साहसलाई सलाम गर्नुपर्ने हो’ उहाँले भन्नुभयो,तर उनलाई उल्टै हतोत्साही गर्ने काम भएको छ। समाजले उनलाई हौसलार उत्साह दिन जरुरी छ, जसले न्यायका लागि लड्ने महिलालाई प्रोत्साहन होस।’

Capture

गत फागुन १२ गते आफ्नै भाइबाट बलात्कृत भएपछि उनको जिवन कष्टपुर्ण भएको छ। अनेक दवावका बाबजुद प्रहरीमा उजुरी गर्ने उनको शाहसपछि दोषीलाई १६ वर्ष कैद र ३ लाख क्षतिपुर्ति भराउने फैसला भएपनि परिवार र समाजबाट अपहेलना सहनुपरेको बताएकी महिला खबरसँगको कुराकानीमा उनले बताइन्। उनी घरपरिवार र जागिरबाट निकालिएकी छन्, भाईबुहारीले पनि जे पनि हुनसक्ने धम्की दिएकी छन। मानसिक रुपमा विक्षिप्त भएकी उनलाई आमा, दाई, दिदी ले हौसाला र सहानुभुती दिनुको साटो एक्लै बनाएपछि आफू पैसा तिरेर होस्टेलमा बसिरहेको बताइन्।

व्यवस्थापन संकायमा स्नातक तहको अध्ययन गरिरहेकी उनी पढाईलाई निरन्तरता दिन चाहेको भएपनि तनावले पढाईमा समेत नराम्रो असर गरेको बताएकी छन्। पढाइ छाडेर सधैँ कुलतमा लागेका र घरका पनि सबैलाई कुटपिट गर्दैआएका भाइले श्रीमती माइत गएको बेला बलात्कार गरेको उनले बताएकी थिईन।

यता काठमाडौं फनपार्कभित्र उनी काम गर्दै आएको फूल पसलका सञ्चालक नीलम देउलाले भने आफूले उनलाई कामबाट ननिकालेको दाबी गरेका छन्। उनलाई कामबाट किन निकाल्नुभयो भन्ने महिला खबरको जिज्ञाशामा देउलाले भने ‘उनलाई परेको समस्या मलाइ थाहा छैन,उनी समस्या परेको भन्दै केही दिन काममा आइनन्। पछि धेरै दिन नआएपछि मैले उनको ठाउँमा अर्को राखेको हुँ।’ अहिलेपनि काम गर्न आए उनले पहिला गर्दै आएको काम नभएपनि स–सम्मान अर्को काम दिने वचन उनले दिए।

उनी जानकारी नै नदिई काममा आउन छोडेको र फोन गर्दा पनि सम्पर्कमा नआएको उनले दाबी गरेका छन्। तलव लिन समेत बाँकी रहेको र छोड्नुको कारण समेत नभएको भन्दै उनलाई सम्पर्क गराइदिन समेत देउलाले अनुरोध गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: