तीन महिनामा बालबालिकाका ७१ घटना दर्ता


चार बालिका बलात्कारको सिकार

प्रकाशित मिति :2016-04-07 12:15:52

महिला खबर
कैलाली। बाल हेल्पलाइन कैलालीका अनुसार तीन महिनाको अवधिमा बालकालिका सम्बन्धि ७१ वटा घटना भएका छन्। त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै बालकालिकाको क्षेत्रमा काम गर्दै आएको बाल हेल्पलाइन कैलालीले यस्तो तथ्यांक सार्वजनिक गरेको हो।
बाल हेल्पलाइनका संयोजक माधव लोहनीका अनुसार बालकालिकाको श्रम शोषण, बलात्कार, अपहरण, कुटपिट, मृत्युलगायतका घटना बाल हेल्पलाइनमा दर्ता भएका छन्। बालबालिका सम्बन्धि बाल हेल्पलाइनमा कैलालीमा दर्ता भएका घटना मध्ये चार बालिका बलात्कारको सिकार भएका छन्। संयोजक लोहनीका अनुसार आगलागीबाट विस्तापित तीन जना गरि ११ जनाको मृत्यु भएको छ। त्यस्तै, एक जनाको श्रम शोषण भएको छ भने सात जनाले शारीरिक यातना भोगेका छन्।

त्यस्तै, तीन जनाको बालविवाह भएको छ भने चार जना बालकालिका अलपत्र रुपमा फेला परेको संयोजक लोहनीले जानकारी दिनुभयो। त्यसैगरि दुर्घटनामा परि नौं जनाको मृत्यु भएको छ। गाडीले किचेर, माटो खन्न जाँदा ढिस्कोले पुरिएर र आपसी झगडाका कारण सात जना घाइने भएका छन्। झाडापखाला र मरेको कुखुराको मासु खाएर दुई जना विरामी परेको बाल हेल्पलाइनले जनाएको छ। त्यस्तै, घरेलु हिंसा अन्तर्गत आफ्नै बाबुको कुटाईबाट तीन जना बालबालिका घाइते भएर बाल हेल्पलाइनको सम्पर्कमा आएको जनाइएको छ। तीन महिनाकै अवधिमा दुई जना बालकलाई अपहरण गरि हत्या गरिएको छ।

बाल हेल्पलाइनका अनुसार एक जना बालक हराएपछि मृत अवस्थामा भेटिएका छन्। यसैगरि यहि अवधिमा दुई जना बालबालिकामा मानसिक समस्या देखिएको छ। त्यस्तैगरि बालहेल्प लाइनले विद्यालय जान नपाएका २४ बालकालिकालाई विद्यालय जाने वातावरण मिलाएको बाल हेल्पलाइनका संयोजक लोहनीले बताउनुभयो। त्यस्तै, साइबर क्राइममा संलग्न रहेको आरोपमा एक बालकमाथि कार्वाही प्रक्रिया अघि बढेको छ। बालबालिकाको घटना दर्ता गराउन तीन महिनाको अवभिमा बाल हेल्पलाइनमा जम्मा ५२० टेलीफोन आएको बाल हेल्फाइनले जनाएको छ। जसमा जसमा बालकको संख्या ५८ र बालिकाको संख्या २७ रहेको छ भने बाँकी ४८९ अन्य रहेका छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: