आर्थिक अधिकार नहुँदा समस्या –एकल महिला


प्रकाशित मिति :2016-04-07 14:37:31

महिला खबर
पोखरा। एकल महिलाको आर्थिक अधिकारमा पहँुच नहुँदा समस्या भोग्नुपरेको पोखरामा आयोजित एक कार्यक्रममा सहभागी महिलाले बताएका छन्।

मानव अधिकारका लागि महिला, एकल महिला समूह पश्चिमाञ्चलले आयोजना गरेको २ दिने क्षेत्रीय कार्यशाला गोष्ठीमा सहभागी महिलाले नाबालक छोराको नाममा सम्पत्ति राख्न पाउने, तर एकल महिलालाई विश्वास नगर्ने परिपाटीले व्यवसायिक रुपमा एकल महिला अघि बढ्न समस्या भएको गुनासो गरेका थिए।

कार्यक्रममा एकल महिला समूह गुल्मीका सचिव सीता पन्थीले शहर बजारको तुलनामा ग्रामिण भेगका एकल महिलामा सामाजिक, आर्थिक, एवं सांस्कृतिक हिंसा बढी हुने गरेको बताउनुभयो। त्यसैगरि म्याग्दीका अध्यक्ष विमला गौचनले एकल महिला सशक्त हुने क्रम बढ्दै गएपनि आफ्नो अधिकार पूर्ण रुपमा उपभोग गर्ने वातावरण बनिनसकेको बताउनुभयो।

कार्यक्रममा महिला तथा बालबालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मी जि.सीले एकल महिला राहत कोष, लैगिंक हिंसा न्यूनिकरण कोष, संकटापन्न बाल उद्धार कोष र आपतकालिन कोषका बारेमा जानकारी दिनुभएको थियो।

क्षेत्रीय सचिव एवं कास्की जिल्ला अध्यक्ष प्रमिला तझ्याले एकल महिला आर्थिक रुपमा सबल हुन सके हिंसा सहेर बस्नु नपर्ने बताउनु भयो। उहाँले जिल्लाका झण्डै २ सय जना एकल महिलाले सीपमुलक तालिम लिइ स्वरोजगार बन्न सफल भएको बताउनु भयो।

समूहका क्षेत्रीय अध्यक्ष मिना पन्थीले नेपालको संविधान २०७२ को धारा ४३ मा एकल महिलाको सामाजिक सुरक्षाका विषयमा उल्लेख गरेको भन्दै एकल महिलाका आवाज स्थानिय एवं राष्ट्रिय रुपमा स्थान पाउँदै जानु आन्दोलनको सकारात्मक पक्ष भएको बताउनुभयो। उहाँले एकल महिलालाई सहानुभूति होइन अवसरको खाँचो भएको बताउनु भयो। कार्यक्रममा पश्चिमाञ्चलका १० जिल्लाका सहभागीले आ—आफ्नो जिल्लाको प्रतिवेदन पेश गरेका थिए।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: