महिला खबर
कपिलवस्तु । लामो समयदेखि जिल्लामा सामाजिक रुपान्तरणमा अगुवाई गर्ने कपिलवस्तुका २ महिला पत्रकार र ८ अधिकारकर्मी महिला सम्मानित भएका छन् । स्वतन्त्र पत्रकार संघ कपिलवस्तुले जिल्लामा अगुवाको भुमिका निर्वाह गर्ने महिलाको योगदानको कदर गर्दै वुधवार सम्मान गरेको हो। सम्मानित हुनेमा वुद्ध दर्पण दैनिकका कार्यकारी सम्पादक पार्वती पाण्डे, रेडियो कपिलवस्तुका स्टेशन म्यानेजर सोना खटिक हुनुहुन्छ। त्यस्तै सम्मानित हुने अधिकारकर्मीहरुमा मिना परियार , कमला श्रेष्ठ , रत्ना चौधरी , कुन्ती पासी , राधीका पासी , रुकैया खातुन , कुसुम कोरी र गीता त्रिपाठी हुनुहुन्छ।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघका केन्द्रिय सचिव नन्दराम पौडेलले स्वतन्त्र पत्रकारले जिल्लामा नमुना काम गरेको वताउनु भयो । पत्रकारिता पेशा र अधिकारको क्षेत्रमा महिलाले गरेको योगदानलाई कसैले पनि भुल्न नहुने उहाँले तर्क गर्नुभयो । पुरस्कारले आफूहरूलाई अगाडि बढ्न थप प्रेरणा मिलेको सम्मानित व्यक्त्विहरूले वताए ।
Comment Here!