महिला खबर
नेपालगञ्ज । नेपालगन्जमा बिहीबार भएको सञ्चारकर्मी महिला र अधिकारकर्मी महिलाबिचको मैत्रीपुर्ण भलिबल प्रतियोगितामा अधिकारकर्मी महिला विजयी भएका छन् । मध्यपश्चिम क्षेत्रीय सञ्चारिका समूहले आज नेपालगन्जमा आयोजना गरेको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा महिला अधिकारकर्मीको टिम बिजयी भएको हो।अधिकारकर्मी महिलाको समूहले संचारकर्मी महिलालाई सोझो दुई सेटमा पाखा लगायो।
सञ्चारिका समूह मध्यपश्चिमको आयोजनामा स्थानिय नेपालगन्ज रंगशालामा बिहीबार विहान ८ बजे भएको मैत्रीपुर्ण भलिबल प्रतियोगिता आपसी समन्वय र सदभावका लागि खेलिएको सञ्चारिका समूहकी क्षेत्रीय संयोजक रुपा गहतराजले जानकारी दिनुभयो।
आगामी चैत्र ३० देखि नेपालगन्जमा सुरु हुन लागेको प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबल प्रतियोगिता २०७२ को तेस्रो संस्करणको पुर्व सन्ध्यामा अधिकारकर्मी महिला र सञ्चारकर्मी महिला बिच आपसी एकताका लागि मैत्रीपुर्ण भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो ।
प्रतियोगितामा बाँके जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी महिला र अधिकारका क्षेत्रमा काम गर्ने महिला अधिकारकर्मी महिलाको सहभागिता रहेको थियो।
Comment Here!