टुक्रिएका सपना जोड्दै


प्रकाशित मिति :2016-04-07 17:08:04

आफू हिँडेको बाटो गलत रहेको थाहा पाएपछि उनले यसलाई छोडिन् र व्यवसाय गर्ने अठोट गरिन्। उनलाई अहिले लागेको छ, इतिहास जित्नेहरूको लागि हो।

नुनुता राई

उनलाई सपनाको खुव माया लागेर आउँछ। जुन सपना (तामझामको स्टेज होस्, अगाडि हजाराै‌ं दर्शक हुन्, त्यसमा खुलेर गीत गाउन पाइयोस, दर्शकले ‘हुटिङ’ गरुन ) उनी विपना बनाउन चाहन्थिन्। तर, बाटो मोडियो। जुन गलत थियो। त्यसलाई उनी अहिले सुधारेर अघि बढ्न चाहन्छिन्। त्यसको सुरुवात उनले आफ्नो सपनाको कल्पना गरेर गायिका भएको फोटो खिचाएर गरेकी छिन्। (हेर्नुहोस् तस्बिर)

प्रेक्षा राई खड्की

प्रेक्षा राई खड्की

प्रेक्षा राई (खड्की) को विवाह १५ वर्षको उमेरमा भयो। उनका श्रीमान त लागुपदार्थ प्रयोगकर्ता रहेछन्। उनले विवाहपछि मात्र थाहा पाईन। प्रेक्षाले श्रीमानलाई यस्को लतबाट बाहिर निकाल्न अनेक प्रयास गरिन्। ति सवै प्रयासहरू विफल भए। असफलता र चिन्ताले अन्ततः उनी पनि लागुपदार्थ प्रयोगकर्ता बनिन्। यहि विचमा उनले दुई छोरी जन्माईन्। पारिवारीक खुशी सवै लागुपदार्थले खोसिदियो।

उनका परिवारले दुवैलाई यस्को लतबाट छुटाउन धेरै प्रयास गरे। प्रेक्षा १३ पटक त सुधारकेन्द्रबाट भागिन्। १६ वर्षपछि उनलाई लाग्यो अव आफैँ सुध्रनुपर्छ। जव लागुऔषधले परिवार टुक्रियो, जीवनका रहरहरू मरे, त्यसपछि उनलाई लाग्यो अव यस्लाई फेरी जीवित पार्नुपर्छ। अहिले उनले आफूले बच्चा मै सजाएका सपनामात्र हैन युवाहु“दै जाँदा देखिने सपना र थपिने रहर समेत पुरा गर्ने साहस गरेकी छिन्। भनिन् ‘सपना देखेपनि विचमा बाटो अल्मलिएर गलत बाटो समातें, तर फेरि सही बाटोमा आएकी छु, पुरा हुन्छ कि हुँदैन हेरुम, ‘लेट्स ट्राइ’।’ उनी चर्चित पप गायिका बन्न चाहन्छिन्।

सुन्दर जीवन बनाउने सपना सबैले देखेका हुन्छन्। ती साना ठुला र व्यक्तिपिच्छे फरक किन नहोउन। यसलाई संघर्ष र मेहनतले कमैलेमात्र पुरा गर्छन्। जीवन सरल रेखामा मात्र होइन। बाङ्गाटिङ्गा बाटाहरू आउ“छन् र मान्छेको यात्रा मोडिन्छ। यस्तै यात्रा मोडिने मध्येकी एक हुन अनिता राई। उनी पूर्व लागुपदार्थ प्रयोगकर्ता हुन् । आफू हिँडेको बाटो गलत रहेको थाहा पाएपछि उनले यसलाई छोडिन् र व्यवसाय गर्ने अठोट गरिन्। उनलाई अहिले लागेको छ, इतिहास जित्नेहरूको लागि हो। उनी लागुपदार्थमा फसिन्।

सुनिता श्रेष्ठ

सुनिता श्रेष्ठ

उनलाई सुधार्न समाज लागेन। उल्टो उनलाई शारीरिक, मानसिक दुर्व्यवहार र घृणाको शिकार बन्नु पर्‍यो। एकजना व्यक्तिको कारण घरपरिवारले समेत समाजको दुर्व्यवहार सहनुपरेकोमा उनी दुःखी छिन्। भन्छिन् ‘अहिले म लागुपदार्थ प्रयोगबाट टाढा छु, जिवन सजिलो छैन, तर आफ्नो सपनाको माया गर्ने हो भने एकदिन सफल भइन्छ।’

महिला लागुपदार्थ प्रयोगकर्ताहरूले समाजबाट मात्र नभएर घरबाट समेत विभिन्न भेदभाव तथा लान्छना सहनुपर्छ। घर, समाजमा छोरी, बुहारी बिग्रे वा कुलतमा फसे भने यस्को कारण सोधिँदैन। बरु घर र समाजबाट कसरी निकाल्ने भनेर विभिन्न उपाय खोज्न थालिन्छ। सुधार्ने प्रयास त परको कुरा। यसरी सुधार्ने प्रयास गरेको भए सुनिता श्रेष्ठ अहिले कुनै प्रहरी कार्यालयमा शानका साथ बसिरहेकी हुन्थिन् होला। उनको सपना प्रहरी अधिकृत बन्ने थियो। लागुपदार्थको कुलतमा फसेपछि उनको सपना फेरिएकोे छ।

अब उनी सफल मोडल बन्न चाहन्छिन्। श्रीमानका कारण लागुपदार्थ प्रयोगकर्ता बनेकी सुनिता ४ वर्षपछि यसबाट मुक्त भएकी छिन्। अबको जिवन सिर्जनात्मक र उपलब्धिमुलक बनाउन चाहन्छिन उनी। ‘अवसर पाएँ, मेरो सपना पुरा गर्न कुलतमा फस्दा जस्तो कठिन संघर्ष र दुःख भोगें, त्यो भन्दा कम नै हुन्छ र गर्छु।’ भनिरहँदा उनमा आत्मविश्वास दह्रो थियो।

सुधा लिम्बु १३ वर्षमा फुटबल खेलको मिडफिल्डर थिईन्। उनी खेलेको फुटबल टिमले केही प्रतियोगिता जितेको छ। उनी राम्रो फुटबल खेलाडी बन्न चाहन्थिन्। उनको सपना पुरा हुन नसक्नुको मुख्य कारण बन्यो सानै उमेरमा विवाह गर्नु। विवाहपछि खेलाडी बन्ने तीव्र इच्छा हुँदाहुँदै पनि निरन्तरता दिन सकिनन्। विवाह गरेको निक्कैपछि मात्र आफना श्रीमान लागुपदार्थ प्रयोगकर्ता भएको थाहा पाइन् । यसले उनलाई निक्कै गाह्रो बनायो। पछि विस्तारै उनी आफैँ पनि लागुपदार्थ प्रयोगमा फस्दै गइन्। ११ वर्षपछि लागुपदार्थ प्रयोगबाट मुक्त भएकी उनले आफनो सपनालाई निरन्तरता दिन चाहन्छिन्। अवसर पाउने झिनो आशासँगै भन्छिन् ‘हामी जस्तालाई अवसर दिइयो भने राम्रो गर्न सकिन्छ, धेरै दुख भोगेका हुन्छौं र टुक्रेको सपना जोड्न कठिन परिश्रम गर्न सर्क्छौ।’

सैनिक बनेर देशको रक्षा गर्ने मन थियो मोनिका दाहालको, तर समय र कुलतले उनकै रक्षा गरिदिन पर्नेदिन आयो। ‘दाजु पनि आर्मीमा हुनुहुन्थ्यो।’ यति भन्दा भन्दै उनको बोली र अनुहारमा निराशा छायो। कारण अब पुरा नहुने सपना सम्झेर रहेछ। यत्तिकैमा उनले भनिन् ‘अब त मलाई आर्मीमा लिँदैन, म पुर्व लागुऔषध प्रयोगकर्ता हो नि त।’

उनी चाहन्छिन् लागुपदार्थ प्रयोगकर्ता महिलालाई घर र समाजले साथ देओस्। नजानेर वा बाध्य भएर लागुपदार्थ प्रयोगकर्ता बनेका महिलालाई परिवार र समाजले सकारात्मक दृष्टिकोणले हेर्नुपर्छ। घर र समाजको साथ भए उनलाई लाग्छ पहिला देख्ने सपना पुरा नहोला तर अर्को सपना देख्न सकिन्छ। कतिले नया“ सपना देख्छन् कतिलेे टुक्रिएका सपना जोड्ने प्रयास गर्छन्।

यिनै मध्येकी हुन् दिलकुमारी। उनले आफ्नो मात्र हैन छोराको सपना समेत एक्लै पुरा गर्नुपर्छ। उनको जीवनमा कैयौं दुःख आइलागे। आमा नहुँदा देखेको सपना र आमा बनेपछिका सपना उनका फरक छन्। छोरा भएपछि सपना केही छुटे केही थपिए। उनको थपिएको सपना हो छोरालाई राम्रो अफिसर बनाउने। छोराको मात्र होइन आफू जस्तै वेसाहाराको सपना पुरा गर्न पनि उनी लागिपरेकी छिन्। उनलाई लागेको छ सपना देख्न छाड्न हुन्न आफ्नो लागि होस् या आफ्नाको लागि।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: