महिला खबर
काठमाडौं । महिलाका विषयमा नीति नियम र कानून बनेर मात्र नहुने र त्यसको सही कार्यान्वयन हुनु पर्ने वक्ताले बताएका छन् । मिडिया एड्भोकेसी ग्रुप (MAG) र यु.एन वीमेनले काठमाडौंमा आयोजना गरेको ‘महिलासँग सम्बन्धित राष्ट्रिय योजना र नीति विषयक अन्र्तक्रिया’ कार्यक्रममा बोल्ने वक्ताले यस्तो विचार राखेका हुन् । शुरेशबहादुर विश्वकर्माले भने ‘नीतिनियम त धेरै बने तर कार्यान्वयन हुनु पर्यो र महिलाको शिक्षा र आथिक शसक्तिकरणमा जोड दिन पर्यो ।’
कार्यक्रममा धेरैले शिक्षा र महिलाको आर्थिक शसक्तिकरण पहुँचका बारेमा कुरा उठाएका थिए । महिला दोहोरो मारमा भएको त्यसमा झन दलित र मधेशी महिला त तेहोरो मारमा रहेको सुनिता मरिकले बताईन । भनिन ‘हाम्रो डोम समाजमा जन्मनासाथ छोरीको विवाह हुन्छ उनीहरू कसरी शसक्त हुन्छन् ?’ पढ्न पाए चेतना र रोजगारी समेत दिने उनको अनुभव छ ।
नीति नियम नै थाहा नपाउने महिला बढी भएको कारण कार्यान्वयन हुने संभावना कम भएकोले यस्तो कार्यक्रम राखिएको संस्थाकी अध्यक्ष बविता बस्नेतले बताईन् । भनिन् ‘नेपालमा के–कस्ता लैगिंक उत्तरदायी नीतिहरू छन् र तिनको कार्यान्वयनको अवस्था कस्तो छ भनेर यो कार्यक्रम गरिएको हो ।’ स्थानियस्तरसम्म जनचेतना नपुगेसम्म नीति नियमले परिवर्तन नहुने बस्नेतको बुझाई छ ।
पढ्न, घर चलाउन र राजनीति गर्न समेत महिला आर्थिकरुपमा संपन्न हुन पर्ने बुझाई थियो सहभागिको । ‘यसो हुन सके महिला पुरुष सरह अगाडि बढ्न सक्छन् ।’ नेपाल ट्रेड युनियन कग्रेसकी रमा पौड्यालले भनिन । चुनाव खर्चिलो हुँदै गएको कारण महिलाले प्रतक्षबाट लड्न र जित्न कठिन हुदै गएको पौड्यालको बुझाई छ ।
Comment Here!