बुहारीहरूको भलिबल प्रतियाेगिता सुरु


भलिवल जान्ने बुहारी परिवार कै शान

प्रकाशित मिति :2016-04-08 14:10:27

जमुना वर्षा शर्मा 

Villyball

पर्वत । नयाँ वर्षमा गाउँमा लाग्ने मेलामा हुने भलिवल प्रतियोगिताका लागि दुई महिना लामो अभ्यास गरेका पर्वत क्याङका बुहारीहरू आजदेखि प्रतिस्पर्धामा उत्रिएका छन् ।

आजदेखि शुरु भएको भलिबलमा क्याङका बुहारी प्रतिष्पर्धाकालागि उत्रिएका छन। उनीहरू प्रत्येक समूह दुई महिनादेखि छुट्टाछुट्टै अभ्यास जुटेर तयारी गरेको थिए।

‘घरधन्दा छोडेर अभ्यासमा लाग्यौं, सबै जनाले राम्रो खेलिरहेका छन्,हेरौं के हुन्छ’ तयारीमा जुटिरहेकी गौमती पुनले भनिन्। यसअघि यी मगर समुदायका बुहारी छुट्टाछुट्टै समूह बनाएर प्रतिस्पर्धाकालागि खेल मैदानमा अभ्यासमा लागेका थिए । मेला शुरु हुनुअघि दुई महिनादेखि नै प्रत्येक परिवारले बुहारीलाई अभ्यास खेलका लागि हरेक दिन पठाउने गरेका थिए।

क्याङको भलिबलको खेलको इतिहासका बारेमा स्थानिय जानकार नर्सिङबहादुर पुन भन्छन् ‘दशकौंदेखि हरेक नयाँ वर्षको स्वागतका अवसरमा क्याङको धुरी, जलजलामा आयोजना हुने मेलामा पर्वत र म्याग्दीको उत्तरी गाउँका मगरहरूको सामूहिक मेला लाग्ने गर्थ्यो त्यसमा पुर्खादेखि नै छोरा र बुहारीका लागि छुट्टाछुट्टै समूह बनाएर खेलिन्थ्यो।’

तर, ०४६ को राजनीतिक परिवर्तनपछि फरक राजनीतिक आस्थाका आधारमा खेलमा पनि बिभाजन आउन थालेपछि मैत्रीपुर्ण प्रतियोगिता निरन्तरताका लागि कठिनाइ भएको उनले बताए। उनका अनुसार त्यसयता जलजलाको मेला क्याङको लेस्पारमा सारेर निरन्तरता दिइदै आएको छ।

९५ प्रतिशत मगर समुदायको बाहुल्यता रहेको क्याङमा आउने नयाँ बुहारी भलिबलको राम्राे खेलाडी हुनुपर्छ। यो गाउँमा घर धन्दा र रीति रिवाज संस्कारका कुरा भन्दा पहिला बुहारीको भलिबल खेल्ने क्षमताको बारेमा बुझ्ने गरिन्छ। जो बुहारी राम्रो भलिबल खेल्न सक्छिन् उनको सामाजिक प्रतिष्ठा निकै ठुलो हुने गरेको छ सो समुदायमा।

यदि भलिबल खेल्न नजानेपनि सबैभन्दा पहिला उनलाई खेल प्रति अभ्यास गराएर पोख्त गराएपछि मात्रै अरु काम सिकाइन्छ। खेलमा पोख्त नभएसम्म घरधन्दामा सासु,ससुरा र पुरुषहरूले सघाउने गर्छन्।

स्थानिय युवा अर्जुन पौडेलले यसलाई महिला सशक्तिकरणको एउटा सबल पक्ष भएको प्रतिक्रिया दिए। स्थानीयले भलिबललाई व्यवसायिक बनाउन नसके पनि महिलाको स्वास्थ्यसँग जोडेर हेर्नेगरेका गाविस सचिव शेखरप्रसाद घिमिरे बताउँछन्।

विशेषगरि १८ देखि ३० वर्ष उमेरका बुहारीलाई खेलमा पहिलो प्राथमिकता दिने गरिएको छ। जित्ने समूहलाई गाउँमा अभिनन्दन गरिने र यसले परिवारको इज्जतका बढ्ने भएकोले परिवारनै बुहारी जिताउनकालागि सहयोगमा खटिने गरेको घिमिले बताए।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: