महिला खबर
काठमाडाैं। नेपाली काग्रेंसको संसदीय दलको कार्य समितिमा आठ जना महिला विजयी भएका छन्। २१ सदस्यका लागि बुधबार भएको निर्वाचनमा ८ महिला विजयी भएका हुन्।
विजयी हुनेहरूमा मधेशीका लागि आरक्षित कोटाबाट प्रमिलादेवी दास, रश्मी ठाकुर विजयी भएका छन्। दलितबाट आशा विक विजयी भएका छन्। त्यसैगरी जनजाती तर्फ ज्ञानकुमारी छन्त्याल, आशा गुरुङ छन् भने खस आर्य महिला तर्फ गीता वाग्ले, मधु शाही ठाकुर र थारुबाट भुटनीदेवी विजयी भएका छन्। निर्वाचनमा २२ सदस्यका लागि ४२ जनाको उम्मेद्वारी परेको थियो।
Comment Here!