पाकिस्तानमा अनर किलिङ बढ्दो: मानव अधिकार आयोग
गतवर्षमात्रै १ हजार १ सय महिलाको हत्या
महिला खबर
एजेन्सी । पाकिस्तानको मानव अधिकार आयोगको एक प्रतिवेदनले गतवर्ष मात्रै अनर किलिङ (परिवारको प्रतिष्ठाका लागि आफ्नो मान्छे मार्ने) का नाममा १ हजार १ सय महिलाको हत्या गरिएको देखाएको छ ।
अघिल्लो वर्ष सन् ०१३ मा ८ सय ६९ र ०१४ मा १ हजार महिला परिवारको प्रतिष्ठाका नाममा मारिएका थिए।
आयोगको प्रतिवेदन अनुसार यो बाहेक यौन हिंसाबाट पीडित महिलाको संख्या ९ सय रहेको छ भने लगभग ८ सय जनाले आत्महत्याको प्रयास गरेका छन्।
पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले इस्लाम संस्कारमा पारिवारिक सम्मान र प्रतिष्ठाका लागि यस प्रकारका महिला हत्याको कुनै स्थान नरहेको जनाएका छन्।
प्रतिवेदनका अनुसार २०१५ मा गरिएका यी हत्याका प्रमुख कारण घरेलु विवाद, अवैध सम्बन्ध र महिलाले विवाहमा आफ्नो अधिकार माग्नु रहेका छन्।
धेरै जसो महिलालाई गोली हानी हत्या गरिएको प्रतिवेदनमा उल्लेख छ ।
Comment Here!