महिलाद्वारा सञ्चालित सहकारी भ्रमणको केन्द्रविन्दु बन्दै


प्रकाशित मिति :2016-04-10 13:30:06

प्रताप बानियाँ
sahakariम्याग्दी । महिलाको लगानी र व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था नमुना सहकारीको रुपमा विकास हुँदै गएको छ। नमुना सहकारीको रुपमा विकास गरेको यसको भ्रमण तथा अवलोकन गर्न अरु जिल्लाबाट आउनेहरू बढ्न थालेपछि सहकारीका कर्मचारी, सञ्चालक समिति र शेयर सदस्यलाई भ्याईनभ्याई छ।

सहकारी स्थापना भएदेखि हालसम्म सहकारी तथा गरिबी निवारण मन्त्रालय र जिल्ला सहकारी संघ बागलुङसहित बाहिरी जिल्लाका विभिन्न १२ ओटा सहकारी संघसंस्थाले भ्रमण गरेका छन्। फागुन र चैतको पहिलो साता मात्रै ८ ओटा सहकारीले आफ्नो संस्थाको भ्रमण गरेको सहकारीका अध्यक्ष जमुना आचार्यले बताउनुभयो। सहकारी भ्रमणबारे जानकारी दिँदै अध्यक्ष आचार्यले भन्नुभयो– ‘हामीलाई खोजीखोजी आउनुभएको छ, महिलाले सहकारी क्षेत्रमा गरेका कामलाई देखाउने गरेका छौं।’

उहाँका अनुसार अन्तरजिल्ला सहकारी भ्रमण गर्ने क्रममा बाहिरी जिल्लाका ४ सय भन्दा बढीले सहकारीको प्रत्यक्ष अवलोकन तथा निरीक्षण गरेको र उनीहरूसँग सहकारीको विषयमा छलफल, भेटघाट र अन्तर्किया गरेको जानकारी उहाँले दिनुभयो।

अध्यक्ष आचार्यका अनुसार उक्त सहकारी भ्रमणका लागि मोरङ, चितवन, तनहुँ, पोखरा, बाँके, सुर्खेतलगायतका जिल्लाबाट आउने गरेका छन्। महिलाको व्यवस्थापनमा सञ्चालन भैरहेको सहकारीले आत्मविश्वास र महिलाबीचको एकता बढाएको प्रतिक्रिया समेत आउने उहाँ बताउनुहुन्छ।

सहकारीले आर्थिक अवस्था कमजोर रहेका महिलालाई र पुरुषसरह आत्मनिर्भर बनाउन सहुलियतमा ऋण, समान ज्यालाको वकालत, घरेलु हिंसामा परेका महिलालाई कानुनी प्रक्रियामा जान आर्थिक सहयोग समेत गर्दै आएको छ। साथै सहकारीले एक वा दुई छोरी भई स्थायी परिवार नियोजन गर्ने दम्पतीलाई सम्मान पनि गर्ने गरेको छ।

शेयर सदस्यलाई सुत्केरी कोसेली, हिंसापीडित महिला कोष, मुठीदान एवं रक्तदान, सदस्य संरक्षण तथा सम्मानजस्ता सामाजिक कार्यको प्रशंसा गर्दै कतिपयले त्यसको सिको समेत गरेको सहकारीका प्रबन्धक रोजीना क्षेत्रीले जानकारी दिनुभएको छ।

‘अनुभव आदानप्रदानले सेवालाई थप उत्कृष्ट बनाउने अवसर मिलेको छ, सहकारी भ्रमणले जिल्लाको पर्यटनलाई समेत सघाएको छ’ उहाँले भन्नुभयो। सहकारीले न्युन आय भएका व्यक्ति र संघसंस्थालाई मुठीदान अभियानमार्फत सहयोग गर्दै आइरहेको छ। दृष्टिविहिन, ज्येष्ठनागरिक, बेसहारा एवं बौद्धिक अपाङ्ता बालबालिका र आर्थिक अभावका कारण उपचारमा बञ्चित भएकालाई समयसमयमा सहयोग गर्दै आइरहेको छ।

जिल्लाभित्र सहकारी संस्थाहरूमध्ये धेरै कार्यक्रम गर्नेमा दिदीबहिनी अग्रस्थानमा रहेको छ। डिभिजन सहकारी कार्यालय बागलुङ र जिल्ला सहकारी संघ म्याग्दीबाट समेत उत्कृष्ट सहकारीका रुपमा सम्मानित भएको सहकारीले सञ्चालन मूनाफाबाट समेत सामाजिक कार्यमा लगानी गर्ने गरेको छ।

जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले महिलाले सञ्चालन गरेको सहकारीबाट अन्य सहकारीले सिक्नुपने धेरै रहेको बताउनुभयो।

 सहकारीको कुल शेयर पुँजी १ करोड २१ लाख रुपैयाँ रहेको छ। यसैगरी स्वरोजगार कोषसहित ५ करोड लगानी, ४ करोड ४० लाख रुपैयाँ बचत र यस वर्षको फागुनसम्म कुल ७ करोड रुपैयाँ कारोबार गरेको सहकारीले जनाएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: