महिला खबर
काठमाडौं। भावी प्रधान न्यायाधीशमा सुशीला कार्कीको नाम सिफारिस गर्न आज बसेको संवैधानिक परिषद्को बैठक पनि बिना निष्कर्ष टुङ्गिएको छ । सभामुख ओनसरी घर्ती बैठकमा अनुपस्थित नभएपछि बैठकले निर्णय गर्न नसकेके हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेपनि सभामुख ओनसरी घर्ती बिरामी भएर अस्पतालमा भर्ना हुनु भएकाले निर्णय हुन नसकेको जानकारी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले दिनुभयो ।
अर्को बैठक आजै साँझ बस्ने जनाइएको छ । उमेर हदका कारण प्रधानन्यायाधीश कल्याण श्रेष्ठले आगामी वैशाख १ गतेदेखि अवकाश पाउँदै हुनुहुन्छ । उहाँपछि वरिष्ठतम न्यायाधीश सुशीला कार्की सो जिम्मेवारी पाउने क्रममा रहनुभएको छ । नेपालको संविधानअनुसार परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गरेपछि राष्ट्रपतिबाट नियुक्त गरिन्छ
Comment Here!