ज्ञानु पंगेनी
नवलपरासी । १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने अभियुक्तहरूलाई पक्राउ नगरेपछि कारवाहीको दायरामा ल्याउन माग गर्दै शनिबार कावासोतीमा सयौंको संख्यामा महिलाले प्रदर्शन गरे ।
घटना भएकोे १० दिन वितिसक्दा पनि दोषीलाई पक्राउ नगरेपछि महिला आन्दोलनमा उत्रिएका हुन् ।
संयुक्त संघर्ष समिति बनाएर प्रदर्शनमा उत्रिएका महिलाले कावासोतीको फलफूल चोकदेखि र्याली निकालेर कावासोती नगरपरिक्रममा गरेका थिए ।
बलात्कारीलाई पक्राउ गरी कडा कारवाही गर्नुपर्ने , पीडित बालिकाको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्नेलगायतका नारा लगाउँदै प्लेकार्ड सहित नगर परिक्रमा गरेर इलाका प्रहरी कार्यालय नवलपुर अगाडि उनीहरूले कोणसभासहित २ घण्टा धर्ना दिएका थिए ।
दोषीलाई पक्राउ गरी कारवाही नगरे थप सशक्त आन्दोलन गर्ने संघर्ष समितीले जनाएको छ । चैत १८ गते साँझ १३ वर्षीया बालिकालाई ३ जना युवाले सामूहिक बलात्कार गरेका थिए । घटनापछि पीडितले किटानी जाहेरीसहित उजुरी दिएपनि प्रहरीले उनीहरूलाई पक्राउ गरेको छैन ।
Comment Here!